जनकलाई उपचारका लागि सहयोग

असल शासन प्रतिनिधि

नेपालगन्ज/ खजुरा गाउँपालिका ६ सिमलघारीका बालक जनक बि.क.को उपचारका लागि रु. २० हजार सहयोग प्रदान गरिएको छ ।

बास नेपालले सो सहयोग प्रदान गरेको हो ।

काठमाण्डौं स्थित तिलगंगा आँखा अस्पतालमा उपचारार्थ जनकलाई बास नेपालका प्रतिनिधि बिमल क्षेत्रीले सहयोग हस्तान्तरण गरेका हुन् ।

जनक र उनकी कान्छी आमा जमुना बि.क. लाई सहयोग हस्तान्तरण गरिएको हो ।

आँखामा समस्या आएपछी उपचार गर्दा पर्दामा समस्या आएको अस्पतालले जनाउँदै जनकको आँखाको पर्दा केही महिना अघि परिवर्तन गरिएको थियो ।

असार १७ गते उनको दोश्रो शल्यक्रिया हुँदैछ, उनको आँखामा जम्मा भएको तेल निकालिदै छ ।

आर्थिक अभावमा रहेका उनलाई सहयोग अभियान संचालन गरिएको थियो । विभिन्न दाताहरुबाट संकलित रकम उनलाई हस्तान्तरण गरिएको हो ।

सो सहयोगबाट जनकले अब दुबै आँखाले संसार हेर्ने भएका छन् । जनक दृष्टिबिहिन जय बहादुर बि.क. का छोरा हुन् ।

  • १७ असार २०७९, शुक्रबार प्रकाशित

  • Nabintech