तलाउमा डुबेर बालकको मृत्यु

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ तलाउमा डुबेर एक बालकको मृत्यु भएको छ ।

डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियाका लच्छु प्रसाद बर्माका १७ वर्षीय छोरा राजन वर्माको पोखरीमा डुबेर मृत्यु भएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ स्थित इट्टा भट्टाको खाल्डोमा खेल्दै नुहाउन गएका राजनको डुबेर मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।

बिहीवार दिउँसो नुहाउन गएका बालक धेरै बेरसम्म पोखरीबाट ननिस्केपछि उनको साथमा गएका साथीहरुले घरमा खबर गरेका थिए ।

लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा पोखरीमा खोजी गर्दा बिहीवार अबेर राती शव भेटिएको प्रहरीले जनाएको छ ।

  • १७ असार २०७९, शुक्रबार प्रकाशित

  • Nabintech