गोलिबाट गोडियाको निधन

असल शासन प्रतिनिधि

बर्दिया/ बर्दियाको गुलरिया नगरपालिका वडा नं ३ का हेमराज गोडियाको भारतीय बनमा मृत्यु भएको छ ।

भारतको बनमा निउरो टिप्न गएका गोडियाको अज्ञात व्यक्तीले चलाएको गोली लागी मृत्यु भएको हो ।

दायाँ खुट्टामा गोली लागेको उनलाई अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । विहान करिब १० बजे सिमावर्ती भारतीय जंगलमा निउरो टिप्न गएका उनी साँझ अवेर सम्म फर्केका थिएनन् । बेलुका ८ बजे हेमराज गोडियाले आफ्नी श्रीमती मर्री गोडियालाई फोन गरी आफु गोली लागि घाईते भएकाले लिन आउन भनेका थिए । खेतमा अर्धबेहोस भएर लडेको अवस्थामा भेट्टाएर ल्याएको उनले बताईन् ।

घरमा ल्याएर पानी खुवाएपछि बेहोस भएका उनलाई अस्पताल लैजाँदा लैजाँदै मृत्यु भएको मृतककी श्रीमतीले बताईन् ।

समयमा एम्बुलेन्स नआउँदा अस्पताल लैजान ढिला भएको मृतकका छोरा अंगदकुमार गोडियाले बताए । उनका अनुसार दुई ओटा एम्बुलेन्सलाई फोन गर्दा नेपालगञ्ज भएको बताएपछि तेस्रो एम्बुलेन्समा अस्पतालमा पुर्याएको बताएका छन् ।

बर्दिया अस्पताल अकस्मीक कक्षको रेकर्ड अनुसार राती १० बजेर २० मिनेट जाँदा हेमराज गोडियालाई मृत्यु भइसकेको अवस्थामा अस्पताल पुर्याईएको थियो । गोली लागि अत्याधिक रक्तस्राव भएको कारणले मृत्यु भएको आशंका गरीएको छ ।

बर्दियाका डिएसपी सुर्य सुवेदीले गोली कसले कसरी चलाएको हाल सम्म जानकारी नभएको बताए । उनले भने –‘ घरपरिवारबाट भारीतय जंगलमा निउरो टिप्न गएको बेलामा गोली लागेको जानकारी आएको आधारमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएका छौँ । ’ – कृष्णसार अनलाइनबाट

  • १७ असार २०७९, शुक्रबार प्रकाशित

  • Nabintech