पश्चिम नेपालमै पहिलो पटक घुंडाको पूर्णजोर्नीको सफल प्रत्यारोपण

असल शासन प्रतिनिधि

नेपालगञ्ज/पश्चिम नेपालमै पहिलो पटक घुंडाको पूर्णजोर्नीको नेपालगञ्जमा सफल प्रत्यारोपण गरिएको छ ।

वरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर तिर्थेन्द्र खड्काको नेतृत्वमा नेपालगन्जको चार बाहिनी रोड स्थित HCRC Hospital मा ६७ बर्षिय लालबहादुर थापाको दाहिने घुँडाको पूर्णजोर्नी प्रत्यारोपण गरिएको हो ।

उक्त शल्यकृयामा डा. खड्काको सर्जिकल टीममा डा. ऋषि बिष्ट, डा. प्रकाश थापा, डा. राहुल मिश्र तथा एनेस्थेसियामा डा. पारस पाण्डे संलग्न रहेका थिए ।

विश्व प्रशिद्ध अमेरिकन कम्पनी जिमरको कृतिम जोर्नीको प्रयोग गरी विग्रिएको जोर्नीलाई बिस्थापित गरी नयाँ जोर्नीको निर्माण गरिएको प्रत्यारोपण शल्यकृयाको नेतृत्व गरेका डाक्टर खड्काले जानकारी दिए ।

कोहलपुरको हवल्दारपुर निवासी थापा लामो समयदेखि जोर्नी खिइने रोग अस्टिओआर्थाइटिसुबाट पीडित थिए । घुँडामा धेरै दुखाइ हुनुका साथै जोर्नी बाङ्गो भएर हिँडडुल गर्न मुस्किल भए पछि उपचारको निमित्त उनी अस्पतालको सम्पर्कमा पुगेका थिए ।

अन्तिम अवस्थाको जोर्नीको समस्या भएको हुँदा पूर्ण जोर्नी प्रत्यारोपण गरिएको अस्पतालका प्रबन्धक रमेश सिटौलाले बताए ।

डा. खड्काले बेलायतको लन्डन स्थित प्रसिद्ध वार्टफोर्ड अस्पताल तथा काठमाडौं स्थित सिभिल अस्पतालबाट जोर्नी प्रत्यारोपणमा उच्च स्तरिय तालिम लिएर लामो गरेपछि पश्चिम नेपालमा जोर्नी प्रत्यारोपण सम्भव भएको हो ।

हाडजोर्नी समस्यामा यस प्रकारको अत्याधुनिक तथा जटिल शल्यकृया नेपालगञ्जमा हुँदा पश्चिम नेपालबाट महंगो खर्चमा उपचारको निमित्त काठमाडौं वा भारतका बिभिन्न ठाउँमा भौतारिनु पर्ने अवस्थाको अन्त्य भएको अस्पतालले जनाएको छ ।

  • २१ असार २०७९, मंगलवार प्रकाशित

  • Nabintech