सामूहिक बलात्कार प्रकरणः तीन जना कारागार चलाउन 

असल शासन प्रतिनिधि

नेपालगन्ज/ एक १६ वर्षीया किशोरीलाई मदिरा सेवन गराएर सामूहिक बलात्कार गर्ने ७ जनामध्ये तीन जनालाई पुर्पक्षका लागि कारागार चलाउन गरिएको छ । अन्य दुई जना किशोरलाई बाल सुधार केन्द्रमा पठाइएको छ भने बलात्कार घटनामा सहयोग पु¥याउनेमध्ये नाबालिकलाई अभिभावकको जिम्मा र एक जनालाई धरौटी छाडिएको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत् चिनजान भएपछि जेठ २१ गते आफ्नो जन्मदिन मनाउन बाँके बैजनाथ गाउँपालिका ८ झिगौरा गाउँका हेमराज थारुले बाँके राप्तीसोनारी गाउँपालिकाकी १६ वर्षीया किशोरीलाई जेठ २१ गते आफ्नो जन्मदिन मनाउन बोलाएका थिए । जन्मदिन मनाउन आएकी उनलाई बाँके र बर्दियाका विभिन्न स्थानमा लगेर ७ जनाले बलात्कार गरेका थिए ।

बाँके जिल्ला अदालतले मुद्दाको सुनुवाइ गर्दै बलात्कार अभियोगमा पक्राउ परेका बैजनाथ ८ पिपरी गाउँमा बिक्रान्त, राजकुमार र निराजन थारुलाई कारागारमा राखी मुद्दा पुर्पक्षमा राख्ने आदेश दिएको हो ।

यस्तै, बलात्कार अभियोगमा पक्राउ परेका प्रवीण र हेमराज थारु नाबालिक रहेकाले सुधार केन्द्रमा राख्ने अदालतले आदेश दिएको धनौली प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रेम रेग्मीले बताए । उनका अनुसार बलात्कारपछि किशोरीलाई मोटर साइकलमा घर पु¥याउन जाने निर्देशन दिएका थारुलाई अभिभावकको जिम्मा लगाइएको छ भने अर्का विश्वनाथ थारुलाई १ लाख ८ हजार धरौटीमा छाडिएको छ ।

  • २४ असार २०७९, शुक्रबार प्रकाशित

  • Nabintech