कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट इकाइमा थापा

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपाल विद्यार्थी संघ कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट इकाई समितिको अध्यक्षमा शिशिर थापा चयन भएका छन् । थापाको नेतृत्वमा ३३ सदस्यीय इकाई कमिटी गठन गरिएको हो ।

दोस्रो अधिबेशनबाट नवनिर्वाचित इकाई कार्यसमितिको उपसभापतिमा देवेन्द्र पौडेल, रविन्द्र कठायत, रविन गौतम र सौगातजंग शाह, सचिवमा दिनेश मुडभरी र दिपेश दाहाल, सहसचिवमा दिप्ती खत्री, निर्मल बुढा क्षेत्री र कैलाशजंग शाही, कोषाध्यक्षमा दिपक मल्ल र सहकोषाध्यक्ष दिनेश बोगटी चयन भएका छन् ।

त्यसक्रममा नेविसंघ बाँकेका कार्यवहाक अध्यक्ष चक्र रावत, बागेश्वरी बहुमुखी क्याम्पसका नेविसंघ इकाई सभापति राम पाण्डे, उपसभापति डिल्ली रावल, नेविसंघका नेताहरु भरत खड्का, जीवन सुवेदी, सरोज विष्ट लगायतको उपस्थिति थियो ।

  • २४ असार २०७९, शुक्रबार प्रकाशित

  • Nabintech