आधारभूत सेवा केन्द्रको सामाजिक परीक्षण सम्पन्न

असल शासन प्रतिनिधि

खजुरा/ स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवाको प्रभावकारिता मापनको लागि खजुरा गाउँपालिका वडा नं. ६ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रको सामाजिक परीक्षण सम्पन्न भएको छ । अधारभूत स्वास्थ्य सेवा केन्द्रले प्रदान गरेको सेवाको प्रारम्भिक प्रतिवेदन, समुदायमा गरिएको अध्ययनको नजिता कार्यक्रममा प्रस्तुत गरिएको छ ।

स्वस्थ्य व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. ६ का वडा अध्यक्ष फारुक शेषको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा वडा सदस्य अब्दुल कादिर बेहना, शान्ति शाही, एम दिप घिमिरे, खजुरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेल, आधारमूत स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज साहिद अलि, जनसेवा माध्यामिक विद्यालयलका प्रद्यानाध्यापक शोभा रेग्मी, लेखपाल सोम बहादुर राना, जन कल्याण आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबिर घिमिरे, स्वास्थ्य व्यवस्थापन समितिका सदस्य सुस्मा थपलिया, महिला स्वास्थ्य स्वयम्सेविका समूहका अध्यक्ष दुर्गा सुनार, एक्टिभ युथ क्लवका अध्यक्ष खेम शरण खत्री लगाएत ४० जना स्थानीयहरुको सहभागिता रहेको थियो ।

आम भेलामा सहभागीले स्वास्थ्यकर्मीहरुको व्यवहारमा सरलता हुनुपर्ने, स्वास्थ्य केन्द्रमा खानेपानीको व्यवस्था हुनुपर्ने, बर्थिङ सेन्टरको लागि पहल गरिनु पर्ने, बालबालिकाको नियमित तौल लिने व्यवस्था हुनु पर्ने सुझावहरु पेश गरेका थिए । आम भेलामा उठेका प्रश्नहरुको जवाफ दिनु हुँदै स्वास्थ्य शाखा प्रमुख सुदिप पौड्यालले ३ महिना भित्र खानेपानीको व्यवस्था गरिने, पाक्षिक रुपमा बालबालिकाको तौल लिने व्यवस्था मिलाउने, आमा समूहको सट्टा स्वास्थ्य रक्षक समूह गठन प्रक्रियालाई अगाडि बढाउने बताए ।

आम भेलामा सहभागीको राय, सुझाव, सल्लाह तथा बृहत् छलफलका अधारमा ७ बुँदे योजना तयार भएका छन् । जसमा स्वस्थ्यकर्मी र सेवाग्राही वीचको सम्बन्ध आजकै मितिबाट समुधुर बनाउँदै जाने, समयमा नै कार्यालय खोल्ने र स्वास्थ्यकर्मी कार्यालय बाहिर रहँदाको समयमा सोको जानकारी गराउने, खानीपानीको व्यवस्था तीन महिना भित्र मिलाउने, पाक्षिक रुपमा बालबालिकाको तौल लिने व्यवस्था मिलाउने, कार्यालयमा सुझाव पेटिका राख्ने, बर्थिङ सेन्टरको लागि पहल गर्ने, स्वास्थ्य रक्षक समुह गठन गर्ने लगाएत रहेका छन् ।
भेलामा बोल्दै एक्टिभ युुथ क्लवका अध्यक्ष खेमशरण खत्रीले समुदायमा स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमा युवाको सहभागिता निरन्तर रहने बताए भने जनसेवा विद्यालयका प्रधानाध्यापक शोभा रेग्मीले शिक्षा र स्वास्थ्य एक अर्काको परिपुरक भएकाले स्वास्थ्यमा समेत शिक्षा क्षेत्रको व्यक्तिको त्यतिको भुमिका रहने हुँदा आफूबाट हुने पूर्ण सहयोग गर्न तयार भएको बताइन् ।

भेलाको समापन गर्दै वडा सदस्य एमदिप घिमिरेले आफु समेत स्वास्थ्य व्यवस्थापन समितिको सदस्य भएकोले स्वास्थ्यको चौतर्फी विकासको लागि कार्य गर्ने बताए । आम भेलालमा आधारभूत स्वास्थ्य केन्द्रको आ.व २०७७÷०७८ र ०७८÷०७९ को आय व्याय, औषधिका विवरका साथै सेवा लिनेको विवरण प्रस्तुतीकरण आधारभूत स्वास्थ्य केन्द्रका इन्चार्ज साहिद अलिले गरेका थिए भने भेलाको सहिजीकरण बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गरेका थिए ।

  • २४ असार २०७९, शुक्रबार प्रकाशित

  • Nabintech