तिन जनालाई आर्थिक सहयोग

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाल संरक्षण कार्यक्रम मार्फत धनगढी उपमहानगरपालिका वडा नं. ४ को २ जना बालबालिका र दैलेख जिल्ला भगवतीमाई गाउँपालिका वडा नं. ७ को एक बालकलाई आर्थिक सहयोग गरिएको छ । धनगढी उपमहनगरपालिका वडा नं. ४ मा बसोबास गर्दै आएका अरती धामी र आरतोस धामीलाई जीविको उपार्जन र पठनपाठन सहायताको लागि आर्थिक सहयोग गरिएको हो ।

बाथ रोगका कारण लामो समय देखि थला परेका उनका बुवा गजेन्द्र धामी र आमा सुनिता धामी उपचारको लागि काठमाडौँ सम्म पुगे पनि उपचार हुन नसकेपछि पुर्ण रुपमा अपांग भए पछि घर चलाउन निकै गाह्रो भएको छ । सो परिवारको बारेमा बास नेपाललाई जानकारी आएपछि गत बैशाखमा नै रु. ५००० आर्थिक सहयोग गरि दुवै बालबालिका आरती धामी र आरतोस धामीलाई तुल्सिराम माद्यामिक विद्यालयमा भर्ना गरिएको थियो । पछिल्लो दिनहरुमा परिवारको आर्थिक स्थिती विर्गिदै जाने अवस्था सिर्जना भएपछि पुन परिवारको आर्थिक अवस्था सुधारको लागि रु.१२००० बराबरको बाख्रा खरिद गरि सहयोग प्रदान गरिएको छ । बास नेपालका सुदुरपश्चिम प्रदेशका प्रदेश संयोजक पाण्डव पुजार र बास नेपालका मनोसामाजिक कार्यकर्ता गंगा भण्डारीले संयुक्त रुपमा उक्त सहयोग प्रदान गरिएको हो ।
त्यस्तै दैनिक ज्यालादारी गरि परिवारको गुजारा चलाई रहेका दैलेख जिल्ला भगवतीमाई गाउँपालिका वडा नं. ७ का हरिनारायण खड्का दुघ्टनामा परि गम्भिर घाइते भए । जसको कारण परिवारमा दैनिक आय आर्जन बन्द भई विरेन्द्रगर सुर्खेतमा कक्षा ११ मा पढ्दै आएका छोरा उत्तम खड्का पढाईमा समेत बाधा उत्पन्न हुन पुग्यो । सो समस्यालाई न्यनीकरण गर्न तथा उत्तम खड्का पढाइलाई निरन्तरता दिन बास नेपालले रु. ५००० आर्थिक सहयोग गरेको छ । युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा प्रदान गरिएको सहयोगको हस्तान्तरण बास नेपालका कोबो सर्वेक्षक हिक्मत बुढाले गरेका हुन् ।

  • २६ असार २०७९, आईतवार प्रकाशित

  • Nabintech