मेरो प्लानेटमा बालकको मृत्यु

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपालगन्ज १३ स्थित मेरो प्लानेटमा स्विमिङ्ग पुलमा डुबेर एक जनाको मृत्यु भएकोछ । नेपालन्जको बालेगाउँस्थित मेरो प्लानेटको स्विमिङ्ग पुलमा पौडी खेल्ने क्रममा नेपालगन्ज ११ का  चुन्नु जसगढका १४ वर्षिय छोरा अल्तामास जसगढको मृत्यु भएको हो ।

उनीसंगैका अन्य साथी भागेकोे बाँके प्रहरीले जनाएको छ । ती किशोरको डुबेर मृत्यु भएको हो वा अन्य के हो प्रहरीले अनुसन्धान अगाडी बढाएकोछ । फनपार्कले स्विमिङ्ग पुलमा सुरक्षाका लागि कुनै प्रबन्ध मिलाउन नसक्दा सुरक्षा जोखिम बढेको स्थानीय बताउछन् । फन पार्कमा निर्माण गरिएका स्वमिङ्ग पुलमा सुरक्षाका लागि ‘लाईफ गार्ड’ तथा आवश्यक उद्दार सामाग्री छैनन् ।

  • २६ असार २०७९, आईतवार प्रकाशित

  • Nabintech