सरकारी गाडीले कोहलपुरमा दियो ठक्कर, तीन घाईते

तपेन्द्र बहादुर मलाती

कोहलपुर/बाँकेको कोहलपुरमा बिहान सडक दुर्घटना भएको छ ।

कोहलपुरको पिपल चौतारा बिधुत रोडमा बिहान भएको दुर्घटनाबाट एकै परिवारका तिन जना घाइते भएका छन् ।

बिहान १०ः५० बजे कोहलपुर देखि नेपालगन्ज तर्फ आउँदै गरेको रा. १ झ. १७६ नम्बरको सरकारी गाडीले भे. ५ प. ५३०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकल चालक सहित मोटरसाईकलमा सवार महिला र बच्चा घाइते भएका छन् ।

घाइतेहरुलाई कोहलपुर मेडिकल कलेज दस बिगाहामा उपचार भईरहेको कोहलपुर प्रहरी जनाएको छ । प्रहरीका अनुसार गाडी चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

  • २७ असार २०७९, सोमबार प्रकाशित

  • Nabintech