जनतालाई अनुभुति हुने गरि काम गर्छौ ः विष्ट

असल शासन प्रतिनिधि

नेपालगन्ज/ ६ महिना भित्र नागरिकहरुले अनुभुति गर्ने गरी कार्य गर्ने नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बताएका छन् । नेपालगन्ज उपमहानगरपालिकाले प्रदान गर्ने सेवा तथा सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै विष्टले उपमहानगरपालिकाको सबै क्षेत्रमा सडक विस्तार, नाला ब्यवस्थापन, सरसफाइ, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रको विकास गर्न लागिपरेको बताए ।
नेपालगन्ज उपमहानगरपालिकाको आयोजना, प्रदेश प्रशिक्षण प्रतिष्ठानको समन्वय तथा बास नेपालको सहजिकरणमा मंगलबार भएको सार्वजनिक सुनुवाइमा सहभागिहरुले जनप्रतिनिधिहरुलाई दर्जनौ प्रश्न गरेका थिए । सुनुवाइमा सहभागिहरुले सडक, बाटोघाटो, नाला तथा ढल निकास, सरसफाइ ब्यवस्थापन, प्रदुषर्ण, लागु औषध दव्र्यशन, जातिय छुवाछुत, महिला, बालबालिका र अपाँगता अधिकार, लक्षित वर्ग केन्द्रित कार्यक्रम, कृर्षि, शिक्षा, स्वास्थ्य लगायतका विषयमा सरोकावालाहरुलाई प्रश्न गरेका थिए । सहभागिहरुले गरेको प्रश्नको जवाफ दिदै जनप्रतिनिधिहरुले उपमहानगरपालिकाको विबिध समस्या समाधान गर्दै जनताले अनुभुति गर्ने गरी कार्य गर्ने नीति लिएर अगाडी बढेको बताएका थिए ।


सहभागिहरुले उठान गरेका सवालहरुको अधारमा ३ महिनाभित्र सडक अतिक्रमण हटाउने र फुटपाथ ब्यवस्थापन गर्ने लगायतका १० बुदे सार्वजनिक प्रतिबद्धता ब्यक्त गरिएको छ । ब्यक्त गरिएका अन्य प्रतिबद्धताहरुमा इरिक्सा ब्यवस्थापन गरी सहरको ट्राफिक ब्यवस्थापन चुस्त दुरुस्त बनाउने, नेपालगन्जलाई ग्रिनसिटीको रुपमा विकास गर्ने, बढ्दो लामखुट्टे नियन्त्रणका लागि आवश्यक पहल गर्ने, चक्रपथको योजनालाई अगाडी बढाउने, नेपालगन्ज सहर क्षेत्रभित्र भइरहेको सरकारी सवारी साधन दुरुपयोग नियन्त्रणका लागि प्रहरी, प्रशासन र ट्राफिकसंग समन्वय गर्ने, लागु औषध बिरुद्ध सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, छाडा चौपाय ब्यवस्थापन गर्ने, लक्षित वर्ग उत्थानका लागि सिपमुलक तालिकम÷कार्यक्रम सञ्चालन गर्ने, गरिव, दलित, जनजाती लगायत लक्षित वर्गका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने, नेपालगन्ज वडा नम्बर ६ स्थित फुलटेक्रा तालमा बनाइने भनिएको क्रिकेट स्टिडियम, कर्वला, मर्चवा, तेलपुजन, वडा कार्यालय र पार्किङ्ग निर्माणका लागि आवश्यक पहल गर्ने, पशु, कृषि सेवा शाखामा रिक्त कर्मचारीको पदपुर्ति गर्ने, कृर्षि अनुदान प्रदान गर्दा चुस्त दुरुस्त तरिकाले गर्ने, प्रत्येक महिनाको १ गते इन्धनबाट चल्ने सवारी साधन जनप्रतिनिधिहरुले नचलाउने, सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन प्रयोग नगर्ने प्रतिबद्धता रहेका छन् ।


यसरी गरिएका साझाँ सार्वजनिक प्रतिबद्धताहरुमा सुनुवाईमा सरोकारवालाको रुपमा आसिन नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्धिन राइ, प्रमुख प्रशासकिय अभिकृत जगत बहादुर वस्नेत, विषयगत महाशाखा तथा शाखा प्रमुख, वडा अध्यक्षहरु र नगर कार्यपालिका सदस्यहरुले हस्ताक्षर गरेका थिए । बासका पुर्व अध्यक्ष मन भण्डारीले सहजिकरण गरेको सुनुवाईको शुरुवातमा उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले आगामी योजनाको वारेमा जानकारी गराएका थिए । बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले स्वागत तथा उद्धेश्यमाथि प्रकाश पारेको सुनुवाईमा बासका कार्यक्रम कार्यकारी निदेशक नमस्कार शाहले नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमत पत्र सर्वेक्षणको नतिजा सार्वजनिक गरेका थिए । सार्वजनिक सुनुवाइ वागेश्वरी टेलिभिजन र नेपालगन्ज ग्यालरीबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

 

  • २८ असार २०७९, मंगलवार प्रकाशित

  • Nabintech