अधिकारकर्मी गौतम र ठकुरी सम्मानित

असल शासन प्रतिनिधि

नेपालगन्ज/मानव अधिकार एलायन्सको स्थापना दिवसको अवसरमा मानव अधिकारकर्मी द्वय सुरेश गौतम र प्रभात कुमार ठकुरी सम्मानित भएका छन् ।

राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मन्च नेपाल (मानव अधिकार एलायन्स) बाँकेले २३ औं स्थापना दिवसको अवसरमा आयोजित मानव अधिकारको संरक्षण र सम्बर्द्धनमा राज्यको दायित्व र मानव अधिकार रक्षकको भुमिका बिषयक अन्तरक्रियामा वहाँ अधिकारकर्मीहरु सम्मानित भएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी बाकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र के.सि., राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका प्रमुख झंकर रावल लगायतले सो सम्मान गरेका हुन् ।

  • २९ असार २०७९, बुधबार प्रकाशित

  • Nabintech