जहाजमा चुसे पक्राउ

असल शासन प्रतिनिधि

काठमाडौं/ काठमाडौँबाट धनगढी उडेको बुद्ध एयरको जहाजमा चुरोट तान्ने एक यात्रु निगरानीमा परेका छन् ।

उडान नं २५३ बाट बुधबार अपरान्ह धनगढी उडेको जहाजको सीट नं ‘११ ए’ मा बसेका कैलाली टीकापुर नगरपालिकाका नारायण उपाध्यायले शौचालय छिरेर चुरोट तानेपछि उडान अवधिभर उडानमा खटिएका कर्मचारीले निगरानीमा राखेका थिए ।

धनगढी अवतरण भइसकेपछि ती यात्रुलाई धनगढी प्रहरीको जिम्मा लगाइएको बताईएको छ। उपाध्यायलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

  • २९ असार २०७९, बुधबार प्रकाशित

  • Nabintech