डुडुवाको सार्वजनिक सुनुवाई सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगन्ज / डुडुवा गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम बासको सहजिकरणमा आज सम्पन्न भएको छ ।
गाउँपालिकाको आयोजनामा डुडुवा गाउँपालिकाले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारीता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रम गाउँपालिकाको प्रांगणमा सम्पन्न भएको हो ।
सरोकारवालाहरु र आम नागरिकहरुकाबिचमा भएको दोहोरो प्रश्नोत्तर पश्चात ४ बुदें साझाँ सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ । यसरी गरिएका प्रतिबद्धताहरुमा शदिद स्मारक माध्यमिक बिद्यालयमा देखिएको शिक्षक सम्बन्धी समस्याको तत्काल समाधान गर्ने, वडा नम्बर ४ को मज्जिद देखि दक्षिण तर्फ जाने बाटो तथा विभिन्न टोलमा रहेका कच्ची सडकहरु ग्राभेल र पिच गर्ने, गाउँपालिकाबाट सञ्चालीत लक्षित बर्ग उत्थान कार्यक्रमलाई थप प्रभावकारी बनाउने र पालिकाको सार्वजनिक सुनुवाई बार्षिक ३ पटक गर्ने प्रतिबद्धता गरिएको छ ।
बासका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले शहजिकरण गरेको कार्यक्रममा स्वागत तथा सुनुवाईको उद्धेश्यमाथि प्रकाश बासका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए । सहभागिहरुले राखेका प्रश्न तथा जिज्ञासाहरुको समाधान गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी, उपाध्यक्ष साहिदा बानो, प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्याय र वडा अध्यक्षहरुले दिएका थिए । सुनुवाईमा १४० बढीको सहभागिता रहेको थियो ।

  • ३० असार २०७९, बिहीबार प्रकाशित

  • Nabintech