मेयर प्रशान्त अटो रिक्सामा

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट आईतबार उपमहानगरपालिकाको कार्यालयबाट करिब ६ किलोमिटरको दुरीमा रहेको विमानस्थलबाट विद्युतीय टो रिक्सामा फर्कनुभयो ।

आईतबार उहाँ कार्यालयमा समेत विद्युतीय अटो रिक्सा र र पैदलै पुग्नुभयो । इन्धन खर्चमा मितब्ययिता कायम गर्ने उद्धेश्यले नगर प्रमुख विष्ट आईतबार विद्युतीय अटो रिक्सा र पैदलै विभिन्न स्थानमा पुग्नुभयो ।

नगर प्रमुख विष्टले एक दिन भएपनि इन्धन खर्चमा कमी ल्याउने उद्धेश्यले हरेक महिनाको १ गते अत्यावश्यक बाहेक इन्धन प्रयोग हुने सवारी साधन प्रयोग नगर्न सम्पूर्ण नगरबासीमा समेत आग्रह गर्नुभएको छ ।

नेपालगञ्जको बार्षिक नीति तथा कार्यक्रममा हरेक महिनाको १ गते जन प्रतिनिधी र कर्मचारीले इन्धन प्रयोग हुने सवारी साधन प्रयोग गरिनछैन भन्ने उल्लेख छ ।

नगरसभाको निर्णयपछि पहिलो १ गते आईतबार सो निर्णय कार्यान्वयन गर्दै नगर प्रमुख विष्टले इन्धन प्रयोग हुने सवारी साधन प्रयोग नगर्नुभएको हो ।

महिनामा १ दिन भएपनि अत्यावश्यक बाहेक सवारी साधनको प्रयोग नगर्ने हो भनेपनि इन्धन बचत गर्न सकिने भन्दै नगर प्रमुख विष्टले आम नागरिकमा उपमहानगरपालिकाको निर्णयमा साथ दिन आग्रह गर्नुभयो ।

  • १ श्रावण २०७९, आईतवार प्रकाशित

  • Nabintech