धनगढीमा स्वयम् सेवक समिक्षा बैठक

असल शासन प्रतिनिधि

धनगढी / कोभिड १९ प्रतिकार्यमा खटिएका स्वयम् सेवकहरुले स्वयम् सेवाले सामाजिक पहिचान स्थापित गरेको बताएका छन् ।
युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा सञ्चालीत सामाजिक ब्यवहार परिवर्तनकालागि जोखिमपूर्ण सञ्चार कार्यक्रम अन्तरगत आज धनगढी उपमहानगरपालिकामा सम्पन्न स्वयम् सेवक समिक्षा बैठकमा उनीहरुले आफ्नो अनुभव सुनाउदै यस्तो बताएका हुन् ।


कोभिड १९ को तिब्र सक्रमणका बेला नेपाल भारत त्रिनगर सिमा नाकामा खटिएर काम गर्दा निकै डराएकी थिए तर सो नाका भएर फर्किएका नागरिकहरुलाई सहयोग गर्दा आत्म सन्तुष्टी र आत्मविश्वास जागेर निरन्तर स्वयम् सेवक भएर काम गरिरहेको स्वयम् सेवक हरिकला थापाले बताइन् । बास स्वयम् सेवकको रुपमा काम गरे पछि जोखिमको अवस्थामा स्वयम् सेृवाको महत्व निकै धेरै हुने कुराको महशुष गरेको बताईन । पहिलेको तुलनामा आफ्नो ब्यक्तित्व विकास सँगै सामाजिक रुपमा समेत परिचीत भएकोमा खुसी लागेको उनले बताईन । स्वयम् सेवा जिवनको अभिन्न अंग भएकाले जिवनभर स्वयम् सेवक प्रतिको सम्मान रहने उनको भनाई थियो ।
यसैगरी कार्यक्रममा बोल्दै अर्का स्वयम् सेवक केशब बोहराले मानिसहरुसँग बोल्न समेत नसक्ने अवस्थामा स्वयम् सेवक भएर काम गरेपछि आएको परिवर्तनले आफै अचम्मीत भएको प्रतिक्रिया दिए । स्वयम् सेवक निर्मला बोहराले स्वयम् सेवाले आत्मविश्वास निकै बढेको बताईन । उनले स्वयम् सेवक भएर काम गरेपछि सबैले सम्मानित रुपमा हेर्ने गरेको बताईन् । यस्तै स्वयम् सेवक दिपिका जोशीले स्वयम् सेवकबाट जिवन उपयोगी ज्ञानहरु हासिल भएको प्रतिक्रिया दिईन् । स्वयम् सेवक भएर काम गरेपछि धेरै युवाहरु यस तर्फ आकर्षित भएको अर्का स्वयम् सेवक गोबिन्द अवस्थिको भनाई थियो । उनले क्याम्पसको ज्ञान भन्दा नितान्त फरक ब्यवहारिक ज्ञान स्वयम् सेवकबाट आर्जन गरेकोमा युनिसेफ नेपाल र बास नेपाललाई धन्यबाद दिए । जस्तो सुकै जोखिमको अवस्थामा पनि स्वयम् सेवा गर्न तयार रहेको स्वयम् सेवकहरुको प्रतिबद्धता थियो


बाल संरक्षण तथा सामाजिक ब्यवहार परिवर्तनका लागि जोखिमपूर्ण सञ्चार कार्यक्रममा संयोजक हेमराज भट्टले अप्ठेरो अवस्थामा सवयम् सेवकहरुले गरेको स्वयम् सेवाको प्रशंसा गर्दै सबै स्वयम् सेवकहरुलाई धन्यबाद ज्ञापन गरे । धनगढी उपमहानगरपालिका कोभिड १९ पूर्ण खोप युक्त पालिका घोषणाको तयारीमा रहेकाले छुटेका नगरबासिहरुलाई खोप लगाउने तर्फ भूमिका निर्वाह गर्न अनुरोध गरे । समिक्षा बैठकमा परियोजना संयोजक हेमराज भट्ट, लेखा अधिकृत राष्टि बुढा मगर, जिल्ला सहजकर्ता तेज बोहरा, मनोसामाजिक कार्यकर्ता गंगा भण्डारी, नगर स्तरीय बाल क्लब संजालकी अध्यक्ष लक्ष्मी जोशीको उपस्थिती रहेको थियो । कोभिड १९ पूर्ण खोप युक्त पालिका घोषणाको अन्तिम तयारी स्वरुप साउन २ गते देखि धनगढी उपमहानगरपालिकाको खोप अभियानमा स्वयम् सेवक परिचालन गरिरहेको छ ।

  • १ श्रावण २०७९, आईतवार प्रकाशित

  • Nabintech