कोभिड १९ बिरुद्धको खोप अनिवार्य लगाउन नगर प्रमुखको अपिल

असल शासन प्रतिनिधि

महेन्द्रनगर / कोभिड १९ बिरुद्धको खोपमा तत्काल उपलब्धी देखिनेगरी काम गर्न स्वास्थ्य ईकाईहरुलाई दोधरा चादनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले निर्देशन गरेका छन् ।
मानिसले आफ्नो बानि ब्यवहारमा लापरवाहि गर्ने गरेको अवस्थामा खोप लगाउनु मात्रै कोभिड १९ लगायतका सक्रमणबाट बच्ने उत्तम उपाय भएको उनको भनाई थियो । साउन २ गते भएको कार्यक्रममा उनले यथासक्य पालिकालाई कोभिड १९ पूर्ण खोप युक्त पालिका घोषणाका लागि नगरपालिका योजनाका साथ अगाडी बढ्ने प्रतिबद्धता गरे । पालिकालाई पूर्ण खोप युक्त घोषणा गर्ने अभियानमा जोडिनुभएकोमा युनिसेफ नेपाल र बास नेपाललाई उनले धन्यबाद ज्ञापन गरे ।


यसैगरी कार्यक्रमका अतिथि नगरपालिकाका उपाध्यक्ष गंगा देखि जोशीले सबैलाई आ आफ्नो तहबाट खोपको बारेमा प्रचार गरी कोभिड १९ बिरुद्धको खोप लगाउनमा सहयोग गर्न अपिल गरिन् यसैगरी कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्रले कोभिडबाट बच्ने एक मात्र बिकल्प खोप भएकाले सबैले अनिवार्य खोप लगाउनुपर्नेमा उनको जोड थियो । उनले खुल्ला सिमानाका कारण खोप प्रतिशत प्रगतिमा समस्या देखिएको भन्दै प्रयाप्त जनचेतना अभिबृद्धीसँगै थप सशक्त रुपमा अभियानलाई अगाडी बढाउने प्रतिबद्धता गरे । कोभिडको नयाँ सक्रमण पुनः उकालो लाग्ने क्रममा रहेकाले सबैलाई सजग हुन उनको अपिल थियो ।


बैठकमा परियोजना संयोजक हेमराज भट्टले युनिसेफ नेपालको सहयोगमा सञ्चालीत कार्यक्रमको बारेमा जानकारीसँगै कोभिड १९ बिरुद्धको खोप अभियानलाई थप प्रभावकारी बनाउन नगरपालिकालाई सहयोग गर्ने उद्धेश्यले युवा स्वयम् सेवक तयारी अवस्थामा रहेको बताए । पालिका भित्र घरदैलो अभियान सञ्चालन गर्न, व्यवहार परिवर्तनकालागि जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्न, खोप केन्द्रहरुमा सहयोग गर्न पालिकालाई आवश्यकता परेको जुनसुकै अवस्थामा समेत स्वयम सेवक तयार रहेको बताए । कार्यक्रममा नगरपालिकामा खोपको प्रगतिका बिषयमा स्वास्थ्य शाखाका नारा पन्त र प्रनिता भट्टले प्रस्तुतीकरण गरेका थिए ।
बास कन्चनपुर शाखाका अध्यक्ष पुष्करराज पन्तले सञ्चालन गरेको कार्यक्रममा स्वागत बासका मनोसामाजिक कार्यकर्ता सन्जु नेपालीले गरेका थिए । बासले कन्चनपुरको दोधराचादनी नगरपालिका र भिमदत्त नगरपालिकामा सामाजिक व्यवहार परिवर्तनका लागि जोखिमपूर्ण सञ्चार कार्यक्रम सञ्चालन गरिरहेको छ ।
दोधराचादनी नगरपालिकामा हाल सम्म कोभिड १९ बिरुद्धको खोपको पहिलो मात्रा ६८ प्रतिशत, पूर्ण मात्रा ६५.३ प्रतिशत र बुस्टर खोप ३७.७ प्रतिशत प्रगति रहेको छ ।

  • ३ श्रावण २०७९, मंगलवार प्रकाशित

  • Nabintech