मानदेवा अक्षय कोषबाट सहयोग

असल शासन प्रतिनिधि

नेपालगन्ज/ मानदेवा परोपकारी अक्षय कोषबाट एक बालकलाई अध्ययनका लागि सहयोग गरिएको छ ।

बास नेपालकी केन्द्रीय सचिब दिला शाहले आफ्ना माता, पिताको सम्मानमा स्थापना गरेको उक्त अक्षय कोषबाट कोहलपुरकि हिंसा पीडित महिला नन्दकला बि.क. का १५ बर्षिय छोरा दिनेश सार्कीलाई अध्ययन सहयोगार्थ ११ हजार सहयोग गरिएको हो ।

नन्दकला बैदेशिक रोजगारबाट फर्किएकी हुन् । कक्षा ७ मा अध्यनरत दिनेशलाई कक्षा १० सम्म पठन पाठन मा सहयोग घोषणा पनि सहयोग हस्तान्तरण कार्यक्रममा गरिएको थियो ।

शाहको जन्मदिन साउन ३ गते कोषबाट विभिन्न ब्यक्ती हरुलाई सहयोग प्रदान गरिदै आएको छ । स्वस्तिक कटेज नेपालगन्जमा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा अक्षय कोषका संचालक, सचिब दिला शाहका श्रीमान दिनेश चन्द, असल शासन मिडिया सन्चालक समितीका प्रबन्ध निर्देशक किरण कार्की, असल शासन मिडिया सन्चालन समितीका सदस्य द्वय पुरण थारु र अम्बिका काफ्लेले सार्किलाई सहयोग हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै अक्षयकोषकी संस्थापक दिला शाहले जिबित माता पिता को सम्मानमा अक्षयकोष स्थापना गरि सहयोग गर्न पाउँदा खुशी लागेको बताईन् ।

कार्यक्रममा अक्षयकोषका अर्का संस्थापक दिनेश चन्द, बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह लगायतले बोलेका थिए ।

४० जना सहभागी रहेको सहयोग तथा जन्मदिन विशेष कार्यक्रम मा स्वागत मन्तब्य बास नेपालकी अध्यक्ष लुना बुढाथोकीले गरेकी थिईन् भने कार्यक्रम सन्चालन बास नेपालका उपाध्यक्ष शिव कुमार बर्माले गरेका थिए ।

  • ४ श्रावण २०७९, बुधबार प्रकाशित

  • Nabintech