सोह्र सिसिटिभि क्यामरा प्रहरीलाई हस्तान्तरण

असल शासन प्रतिनिधि

नेपालगञ्ज, साउन ४ गते /नेपालगञ्जमा शान्ति सुरक्षा र ट्राफिक ब्यवस्थापनलाई मध्यनजर गर्दै नेपालगञ्ज उप–महानगरपालिकाले अत्याधुनिक सिसिटिभी क्यामरा जिल्ला प्रहरी कार्यालय बाँकेलाई हस्तान्तरण गरेको छ ।

नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीलाई बुधबार हस्तान्तरण गर्नुभयो ।

नेपालगञ्जका मुख्य चोकहरुमा जडानका लागि नेपालगञ्ज उपमहानगरपालिकाले १६ वटा अत्याधुनिक सिसिटिभी  खरिद गरी जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको हो ।

सो अवसरमा नगर प्रमुख विष्टले शहरमा अपराध नियन्त्रणका लागि सिसिटिभी आवश्यक रहेको भन्दै यसलाई नियमित सञ्चालनका लागि उपमहानगरपालिकाबाट पनि नियमित सहयोग प्रदान गरिने बताउनुभयो ।

नेपालगञ्जका विभिन्न स्थानमा यसअघि ५४ वटा सिसिटिभी क्यामरा जडान भएकोमा नियमित मर्मतसम्भारको अभावमा हाल अधिकाँश सिसिटिभी क्यामरा काम नलाग्ने भईसकेका छन् ।

हस्तान्तरण गरिएका सिसिटिभी क्यामरा तत्कालै जडान गरिने भएको छ । हस्तान्तरण कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसुदन न्यौपाने, ब्यवसायी सञ्जय थापा लगायतको सहभागिता रहेको थियो ।

  • ४ श्रावण २०७९, बुधबार प्रकाशित

  • Nabintech