सहयोगको अपेक्षामा रोशनी

माधव कार्की

नेपालगन्ज/७ बर्षको छोरी रोशनी चमार बल्ड क्यान्सर पीडित भए पछि आमा सुनिता देबि चमार सहयोगको याचना गरिरहेकी छिन् ।

खजुरा गाउँपालिका वार्ड न. ५ रजनहा स्थित चमार परिवार करिब १ बर्ष देखि लखनउ मेडिकल कलेजमा छोरीको उपचार गराईरहेको छ ।

नेपालगन्जका थुप्रै चिकित्सकहरुसङ्ग उपचारको लागि गए पनि रोग पत्ता नलागेकाले लखनउ मेडिकल कलेजमा चमार परिवार पुगेका थिए ।

शुरुमा सामन्य हातको जोर्नि दुखेको भए पनि चेक गराउँदा रोग पत्ता नलागेपछी लखनउ पुगेको र दिल्लि अस्पतालमा रिपोर्ट चेक गराउँदा छोरीलाई ब्लड क्यान्सर भएको क्यान्सर पीडित रोशनीकी आमा सुनिता देबि बताउँछिन् । घरको आर्थिक अवस्था निकै कमजोर भएको चमार परिवारको जग्गा, जमिन नभएको र भएको एउटा घर पनि छोरी कै उपचारको लागि बन्धकमा राखिसकेकोले आर्थिक जुटाउन अरु कुनै उपाए नभए पछि सुनित देबि सहयोगको याचना गरिरहेकी छिन् ।

छोरी रोशनी सङै बाबू शेसराम लखनउमै रहेको र त्यहाँ स्थित क्यान्सर वार्डका चिकित्सकहरुले छोरीको उपचारको लागि ३० लाख भारु लाग्ने बताए पछि पीडितकी आमा सुनिता काखमा सानो छोरा बोकेर सहयोगको लागि हात फैलाईरहेकी छिन् । गाउँपालिकाले १० हजार मात्र सहयोग गरेको बताउने सुनिता सहयोग माग्दै विभिन्न संघ, संस्थाहरुमा पुगिरहेकि छन् ।

सुनिता भन्छिन् ” मेरो छोरीको जीवन रक्षाको लागि सहयोगको लागि अनुरोध गर्दछु” ।

प्रत्यक्ष, अप्रत्यक्ष सहयोगका लागि उनले आफ्नो मोबाईल नम्बर ९८१९५१८९१४ उपलब्ध गराएकि छिन् ।

  • ५ श्रावण २०७९, बिहीबार प्रकाशित

  • Nabintech