शुन्य विभेदको अवधारणा अवलम्वन गर्ने प्रजिअ अर्यालको प्रतिबद्धता

असल शासन प्रतिनिधि

कन्चनपुर / कन्चनपुर जिल्लामा शुन्य विभेदको अवधारणा अनुरुप काम गर्ने कन्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताएका छन् ।
युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा आज कन्चनपुरको महेन्द्रनगरमा आयोजित एक दिने क्षमता अभिबृद्धी तालिमको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रमुख जिल्ला अधिकारी अर्यालले यस्तो बताएका हुन् ।


नेपालको सम्बिधानले बालवालिका र महिला अधिकार सुनिश्चित गरेको भन्दै उनले विभेद रहीत समाज निर्माण पहिलो प्राथमिकतामा रहने प्रतिबद्धता व्यक्त गरे । नागरिकले पाउने सेवा सुविधा, शान्ति सुव्यवस्था र दिगो विकास निर्माण आफ्नो क्षेत्रगत प्राथमिकता रहेको उनको भनाई थियो । महिला र बालवालिकाका मुद्धाहरुलाई गम्भिरताका साथ लिएर काम गर्ने उनले बताए ।
यसैगरी उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका अतिथि कन्चनपुरका प्रहरी उपरिक्षक (एसपी) श्याम सिंह चौधरीले महिला र बालवालिकाको संरक्षण र सुरक्षा ऐनमा स्पष्ट भएकाले कार्यान्वयन चरणमा सबै सरोकारवालाको संयुक्त प्रयास अपरिहार्य रहेको बताए । लैंगिक विभेद तथा बाल बालिकाको सवालमा प्रहरीले काम गरिरहेको बताउदै कहि कतै समस्या आएमा तत्काल समाधानका लागि आफु तत्पर रहेको बताए । बासले लैंगिक हिंसा न्यूनीकरण र बाल संरक्षणका सवालमा गरिरहेको कामहरुको बारेमा ज्ञात रहेको भन्दै आवश्यक सहयोग र सहकार्यका लागि सधै तयार रहेने उनले प्रतिबद्धता गरे ।


तालिमको उद्घाटन सत्रमा बासको बारेमा जानकारी तथा युनिसेफ नेपालको सहयोगमा सञ्चालीत बाल संरक्षण र सामाजिक ब्यवहार परिवर्तनका लागि जोखिमपूर्ण सञ्चार कार्यक्रम अन्तरगत भईरहेका कामहरुको बारेमा कार्यक्रम संयोजक हेमराज भट्टले जानकारी गराएका थिए । उद्घाटन सत्रमा उपस्थिती अतिथि तथा सहभागिहरुलाई बासका मनोसामाजिक कार्यकर्ता सन्जु नेपालीले स्वागत गरेका थिए ।


कन्चनपुर जिल्लाका पालिकाका शिक्षा, स्वास्थ्य र महिला तथा वालवालिका शाखा प्रमुखहरुको सहभागिता रहेको तालिममा बाल संरक्षण प्रबद्र्धन, लैंगिक हिंसा न्यूनीकरण र बालवालिका बिरुद्ध हुने हिंसाको दस्ताबेजीकरण, स्थानीय तहमा बाल संरक्षणका विभिन्न बिषयमा गैरसरकारी संस्था महासँघ कन्चनपुरका सचिब अमिर तिरुवाले सहजिकरण गरेका थिए । तालिमको अन्त्यमा सहभागिहरुले जोखिममा रहेका बालवालिका तथा हिंसा पिडित महिलाहरुलाई प्राथमिकतामा राखेर सेवा प्रवाह गर्ने प्रतिबद्धता गरेका थिए । तालिमको धन्यबाद ज्ञापन सहित समापन बास कन्चनपुर शाखाका अध्यक्ष पुष्करराज पन्तले गरेका थिए ।

  • ५ श्रावण २०७९, बिहीबार प्रकाशित

  • Nabintech