वडानम्वर १२ मा किचलो, निबर्तमान वडाध्यक्ष सुबेदीले चलाए हतौडा

असल शासन प्रतिनिधि

नेपालगञ्ज/नेपालगञ्ज उपमहानगरपालिका वडानम्वर १२ मा किचलो भएको छ ।

निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदीले नेपालगन्ज– १२ वडा कार्यालयको भित्ता फोडेर शिलालेख राख्न खोजेपछि किचलो भएको हो ।

सुवेदी आफ्नो दलबल सहित वडा कार्यालयमा पुगि वडा कार्यालयको भित्तामा ठोकेर शिलालेख राख्न लागेपछि वडाध्यक्ष तरुण बज्राचार्यले जवरजस्ति गरेको भन्दै रोकेका थिए ।

भित्र वडाध्यक्ष लगायतको टिम बसिरहँदा बिना जानकारी सुबेदी सहितको टिमले हतौडा चलाएपछि वडाध्यक्ष बज्राचार्य लगायत बाहिर निस्किई तोडफोड कार्य राख्न खोजेपछि दुई पक्ष बिच बिबाद भएको थियो । बिबाद पश्चात प्रहरी घटना स्थलमा पुगेपछि उक्त कार्य रोकिएको थियो ।

जानकारी अनुसार, सुबेदीको कार्यकालमा सरसफाईका लागि खरिद गरिएको ट्याक्टर खरिदका लागि सहयोग गर्ने सहयोगी दाता, वडा समिति सहित उपभोक्ता समितिको नाम उल्लेखित शिलालेख बनाईएको थियो । उक्त शिलालेख सुबेदीले आफ्नो कार्यकालमा राख्न सकेका थिएनन् ।

वडाध्यक्ष बज्राचार्यले वडाको बिना जानकारी निबर्तमान वडाध्यक्षको समूहले जवरजस्ति गरेपछि उक्त कार्यमा रोक लगाएको बताए ।

उनले वडा कार्यालय तोडफोड गर्ने माथि कानुनी कारबाहीको माग गरेका छन् । सुवेदीले आफ्नो कार्यकालको शिलालेख राख्न पहिला ढिला भएको दाबी गर्दै अहिले राख्न अनुरोध गर्दा सुनुवाइ नभए पछि शिलालेख राख्न खोजेको बताए ।

  • ५ श्रावण २०७९, बिहीबार प्रकाशित

  • Nabintech