क्यान्सर पीडित रोशनीलाई आर्थिक सहयोग

असल शासन प्रतिनिधि

नेपालगन्ज/बास नेपालद्वारा क्यान्सर पीडित खजुरा रजनहा स्थित रोशनी चमारलाई आर्थिक सहयोग गरिएको छ ।

बिगत एक बर्ष देखि अशक्त भई उपचारको लागि लखनउ मेडिकल कलेजमा उपचार गराईरहेकी रोशनीलाई बास नेपालले उपचार सहयोगार्थ रु. १० हजार सहयोग गरेको हो ।

पीडित रोशनी कि आमा सुनिता देबि चमारलाई उक्त सहयोग हस्तान्तरण गरिएको हो ।

सहयोग हस्तान्तरणमा बास नेपालकी केन्द्रीय अध्यक्ष लुना बुढाथोकी, केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्मा, निबर्तमान अध्यक्ष रमेश सिटौला, पुर्ब अध्यक्ष मन भण्डारी र कार्यकारी निर्देशक नमस्कार शाह लगायतको उपस्थिती रहेको थियो ।

सहयोग ग्रहण हरिसके पश्चात आठ महिना अगाडि मात्र क्यान्सर भएको थाहा भएको पीडित रोशनी कि आमा सुनिता देबि चमारले बताईन् ।

उनका अनुसार, छोरीको उपचारको लागि ३० लाख भारु खर्च लाग्ने भएको छ । उनले सहयोगको लागि सबैसँग अपिल गरेकि छन् ।

  • ९ श्रावण २०७९, सोमबार प्रकाशित

  • Nabintech