खजुरा प्राथमिक स्वास्थ्य केन्द्रको सामाजिक परीक्षण

असल शासन प्रतिनिधि

खजुरा/प्राथमिक स्वास्थ्य केन्द्र खजुराको सामाजिक परीक्षण सम्पन्न भएको छ ।

खजुरा गाउँपालिकाको आयोजना र बास नेपालको सहजिकरणमा सामाजिक परीक्षण सम्पन्न भएको हो ।

प्राथमिक स्वास्थ्य केन्द्र खजुरा व्यवस्थापन समिति अध्यक्ष तथा वडा नम्वर ३ का वडाध्यक्ष पूर्ण बहादुर भण्डारीको अध्यक्षतामा भएको सामाजिक परीक्षण अन्र्तगतको आम भेलामा सामाजिक परीक्षक तथा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सामाजिक परीक्षणका क्रममा गरिएका बिभिन्न अध्ययनहरुबाट प्राप्त तथ्यहरुका आधारमा तयार पारिएको प्रतिबेदन प्रस्तुत गरेका थिए भने स्वास्थ्य केन्द्र ईञ्चार्ज लक्ष्मी के.सी. वलीले स्वास्थ्य केन्द्रले प्रबाह गर्ने सेवा र सुबिधाको प्रभावकारिता बारे तथ्याँक प्रस्तुत गरेका थिए ।

दोहोरो सम्वाद भएको कार्यक्रमको अन्तमा ५ बुँदे कार्ययोजना बनाईएको थियो । बनाईएको कार्ययोजनामा आमा समूहको बैठक खर्चका लागि वडाबाट बजेट बिनियोजन गर्ने, खोप केन्द्रहरु निर्माणका लागि वडाबाट क्रमागत रुपमा बजेट बिनियोजन गर्ने, हाल रिक्त रहेको एमबिबिएस डाक्टरको व्यवस्था गर्न पहल गर्ने, आवश्यक औषधि उपलब्धताका लागि पालिका, स्वास्थ्य शाखासँग माग गर्ने, प्रेसर तथा सुगर जस्ता

रोगहरुको उपचारका लागि जेष्ठ नागरिक, महिला स्वयंसेबिकाहरुलाई निःशुल्क रुपमा गर्नका लागि आवश्यक पहल गर्ने रहेका छन् ।
कार्यक्रममा स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका उपाध्यक्ष देउमाया थापा, सदस्य पूर्णिमा आचार्य लगायतले बोलेका थिए । कार्यक्रममा ५० बढिको सहभागिता रहेको थियो ।

  • ९ श्रावण २०७९, सोमबार प्रकाशित

  • Nabintech