दशरथचन्दमा कोभिड १९ खोप अभियानलाई तिब्रता दिईने

असल शासन प्रतिनिधि

बैतडी / बैतडीको दशरथचन्द नगरपालिकामा कोभिड १९ विरुद्धको खोप लगाउन छुटेकाहरुलाई खोप लगाउन खोज र खोप अभियानलाई तिब्रता दिईने भएको छ ।
युनिसेफ नेपालको सहयोग, दशरथचन्द नगरपालिकाको सहकार्यमा बास नेपालले साउन ९ गते सोमबार आयोजना गरेको कोभिड १९ पूर्ण खोपयुक्त पालिका घोषणा विषयक पालिका स्तरीय समन्वय बैठकमा सरोकारवालाहरुले अभियानलाई तिब्रता दिने निष्कर्ष निकालेका हुन् ।


कोभिड १९ सक्रमणबाट बच्न खोप अनिवार्य पूर्ण मात्रा लगाउनुपर्ने भएकाले नजिकको खोप केन्द्रमा गएर खोप लगाउन सबै नगरबासिहरुलाई नगर प्रमुख पुस्कर राज जोशीले अपिल गरेका छन् । सबै नगरबासिलाई कोभीड १९ विरुद्धको खोप लगाउन खोप अभियानलाई तिब्रता दिन सम्बन्धीत शाखाहरुलाई नगरप्रमुख जोसीले निर्देशन गरेका छन् ।
समन्वय बैठकमा खोप लगाउन छुटेकाहरुलाई घरदैलो लगायत जानकारी गराउन बास नेपालका स्वयम् सेवक परिचालन गर्ने बताउदै नगर प्रमुख जोशिले युनिसेफ नेपाल र बास नेपाल नगरपालिकाको साझेदारीका रुपमा रहेको बताए ।


कोभिड १९ विरुद्धको खोप लगाउन छुटेका हरेक नागरिकले खोप लगाउने गरी ब्यवस्थापन गर्नुपर्नेमा प्रमुख जिल्ला अधिकारी सुरेस पन्थीले जोड दिए । कोभिड १९ बिरुद्धको सबैभन्दा भरपर्दो माध्यम भनेको खोप हो त्यसैले आम नागरिकले खोप लगाउन आवश्यक छ प्रजिअ पन्थीको भनाई थियो । खोप अभियानमा प्रशासनबाट हुने सबै प्रकारको सहयोगका लागि तयार रहेको उनले बताए । उनले पछिल्लो समय कोभिड १९ को सक्रमण पुनः बढीरहेकाले सिमानाकामा कडाई गर्ने गरी तयारी गर्ने जनाए । खोप लगाउन छुटेका व्यक्तिहरुको तथ्यांक सहित पालिकाबाट खोप माग भईआएमा प्रदेश सरकारसंग समन्वय गरेर खोपको ब्यवस्थापन गर्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेन्द्र प्रसाद भट्टले प्रतिबद्धता गरेका छन् ।
बैठकमा सामाजिक ब्यवहार परिर्तनका लागि जोखिमपूर्ण सञ्चार कार्यक्रम मार्फत भईरहेका क्रियाकलापहरुको बारेमा बास नेपालका कार्यक्रम अधिकृत गणेश मौनीले जानकारी गराएका थिए । दशरथचन्द नगरपालिकाका नगर प्रमुख पुष्कर राज जोशीको अध्यक्षतामा भएको बैठकमा बैतडीका प्रमुख जिल्ला अधिकारी पुस्कर पन्थी, ससस्त्र प्रहरी बलका प्रमुख गणेश शाह, हनुमानध्वज गुल्मका प्रमुख गोविन्द थापा, स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेन्द्र प्रसाद भट्ट, राष्टिय अनुसन्धान का प्रमुख देबेन्द्र थापा नगरपालिका अन्र्तगतका शाखा प्रमुख, स्वयंमसेवक लगायतको सहभागिता रहेको थियो ।

 

  • १० श्रावण २०७९, मंगलवार प्रकाशित

  • Nabintech