मध्य रातमा दम्पतीको बिभत्स हत्या

हत्याका योजनाकार दाई भाउजु पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज / बिवाह बन्धनमा बाधिएको बर्ष दिन बित्न नपाउदै मध्य रातिमा एक दम्पतीको बिभत्स हत्या भएको छ ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १४ पार्बतिपुर घर भएका २५ बर्षिय कृष्ण कुमार गडरिया र उनकी २३ बर्षिया श्रीमती अन्जली गडरिया को सोमबार राति १२ बजे हत्या भएको हो ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले मृत भेटीएका दम्पतीको आफ्नै सहोदर दाई बिजय गडरिया र भाउजू रेखा गडरियाले कन्ट्र्याक्ट किलर मार्फत हत्या गरेको पुष्टी गरे । प्रारम्भिक अनुसान्धान अनुसार यसरी हत्याका लागि बिजय र रेखाले चार पाँच जनाको समुहलाई जिम्मा दिएको थियो । राति भएको घट्ना पछि घट्ना स्थल निकै सुनसान थियो भने घट्ना आसपासका कोही पनि सो बारेमा बोल्न चाहेका थिएनन् । प्रायः मानिसहरुको भिडभाड हुने उक्त स्थानमा घट्ना पछि कोही नदेखिएपछि घट्ना शंकास्पद बनेको थियो । प्रहरीले मृतकहरुको शब भेटिएपछी अनुसन्धान गर्ने क्रममा मृतक कृष्णका दाई शंकास्पद अबस्थामा भेटिएपछि उनलाई नियन्त्रणमा लिई सोधपुछ गरेको थियो। प्रहरीको सोधपुछमा बिजयले बिगत केही महिना अगाडी अन्जलीले श्रीमान र ससुरालाई घरायसी बिषयमा उक्साएर आफुलाई कुट्पिट गर्न लगाएका कारण कन्ट्र्याक्ट किलरलाई सुपारी दिएर मार्न लगाएको बयान दिएको श्रोतले बतायो । श्रोतले दिएको जानकारी अनुसार बुहारीलाई मात्र मार्ने सुपारी दिएपनी भाईको समेत हत्या भएको बिजयले स्विकार गरेका थिए ।
अहिले प्रहरीले हत्यामा संलग्न भएको आरोपमा मृतकका दाई बिजय गडरिया र भाउजू रेखा गडरियालाई नियन्त्रणमा लिईसकेको छ भने हत्यामा संलग्न अन्य चार पाँच जनाको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

  • १० श्रावण २०७९, मंगलवार प्रकाशित

  • Nabintech