दुर्गममा सुगमको झल्को

असल शासन प्रतिनिधि

कालिकोट/कालिकोट जिल्लाको रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले बालबालिकामा तालिमबाट देखिएको परिवर्तनको प्रभावले दुर्गम जिल्लामा समेत विकसित सुगम जिल्लाको झल्को दिएको बताएका छन् ।

बास नेपालद्धारा कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा आयोजित बाल क्लव तथा युवा क्लवका पदाधिकारीहरुको क्षमता अभिवृद्धि तालिम समापन सत्रमा बोल्दै प्रमुख शाहीले सो कुरा बताएका हुन् ।

युनिसेफ नेपालको आर्थिक सहयोग तथा रास्कोट नगरपालिकाको समन्वयमा बास नेपालद्धारा आयोजना सम्पन्न तालिम साउन ८ गते देखि १० गते सम्म ३ दिन संचालन भएको थियो ।

तालिमको समापन सत्रमा प्रतिक्रिया मन्तव्य दिँदै प्रशिक्षार्थी उपेन्द्र लोहार र अनिता रोकायले आफुहरुले बाल क्लवमा लामो समय देखि काम गरे पनि यस्तो तालिममा पहिलो पटक सहभागि हुने अवसर प्राप्त गरेको बताएका थिए ।

तालिमबाट सिकेको बाल संरक्षण, बाल अधिकार, लैँगिक हिँसा न्यनीकरण तथा योजना तर्जुमा प्रक्रिया व्यवहारीक रहेको र आगामी दिनमा पालिकाको योजना तर्जुमा प्रक्रिया र कार्यान्वयनमा समेत सक्रिय सहभागिा खोज्ने बताए । ३० जना सहभागिहरुलाई सहभागि गराइएको तालिममा बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहरा, बालबालिका तथा महिला विकास शाखाका प्रमुख विमला संज्याल र बाल अधिकारकमी विश्वनाथ बरालले प्रशिक्षण प्रदान गरेका थिए ।

  • १० श्रावण २०७९, मंगलवार प्रकाशित

  • Nabintech