ठाकुरद्धारामा बार्षिक समिक्षा तथा योजना तर्जुमा बैठक

असल शासन प्रतिनिधि

ठाकुरद्धारा, बर्दिया / बास नेपालले बार्षिक समिक्षा तथा योजना तर्जुमा बैठक बर्दियाको ठाकुराद्धारामा सम्पन्न भएको छ ।
बास नेपालको आयोजनामा भएको बैठकमा संस्थाले आर्थिक बर्ष २०७८/०७९ मा गरेका कार्यक्रमहरुको प्रगति समिक्षा र चालु आर्थिक बर्षको योजना तर्जुमा गरेको छ ।
बास केन्द्रीय कार्य समिति र बास ब्यवस्थापन समितिको संयुक्त सहभागितामा सञ्चालीत बैठकले संस्थाको आर्थिक बर्ष २०७८/०७९ समिक्षा गरी भावि योजना तयार गरेको छ । बैठकमा संस्था मार्फत सञ्चालीत कार्यक्रम तथा परियोजनाहरुको प्रगति तथा आर्थिक प्रतिबेदन प्रस्तुतीकरण कार्यक्रम अधिकृत र लेखा अधिकृतले गरेका थिए ।
प्रगति प्रस्तुतीकरण पछि संस्थाले गरिरहेका कामहरु प्रभावकारी भएको निष्कर्ष बैठकले गरेको छ । बैठकको समापन कार्यक्रममा बोल्दै बासका निर्वतमान अध्यक्ष रमेश सिटौलाले बासले गरेका हरेक क्रियाकलापहरुको प्रभावकारीता उत्कृष्ट रहेको बताए । बासले अन्य संस्था भन्दा फरक ढंगले काम गर्ने गरेको भन्दै सिर्जनशिलता, समन्वय र उपलब्धी मापन हुनेगरी थप प्रभावकारी रुपमा काम गर्न उनले अनुरोध गरे । बास सुशासन रुचाउने मानिसहरुको समुह भएको बताउदै बास प्रतिको सहकार्यका लागि सबैलाई धन्यबाद ज्ञापन गरेका थिए ।


बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको समिक्षा तथा योजना तर्जुमा बैठकमा कर्मचारीहरुले गरेको प्रस्तुतीकरणमाथि केन्द्रीय पदाधिकारीहरुले आवश्यक सुझाव दिएका थिए । बैठकमा बासको पृष्ठभुमि र बासले गरिरहेका समग्र कार्यहरुको बारेमा बासका निर्देशक हेमराज भट्टले प्रस्तुतीकरण गरेका थिए । बासका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले स्वागत गरेको बैठक बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको थियो । बैठकमा केन्द्रीय कार्यसमिति र कर्मचारी गरी ६२ जनाको सहभागिता रहेको थियो ।

  • १४ श्रावण २०७९, शनिबार प्रकाशित

  • Nabintech