जहाजमा धुवाँ भरिएपछि

असल शासन प्रतिनिधि

नेपालगन्ज/

नेपालगन्देखि काठमाडौंका लागि उडेको श्री एयरलायन्सको जहाज पुनः नेपालगन्ज नै फर्किएको छ । विहान ९ बजेर ४९ मिनेटमा ७९ यात्रु बोकेर काठमाडौंका लागि उडेको श्रीको बमबार्डियर ड्यास क्यू ४०० विमानको शौचालयभित्र धुवाँ निस्किएको संकेत ककपिटमा रहेको उपकरणमा देखिएपछि चालक दलले उक्त विमानलाई ६ मिनेटमै नेपालगन्ज विमानस्थलमा फर्काएका थिए ।

‘पाइलटले ल्याबोटरीमा धुवाँ निस्किएको संकेत देखिएपछि ५ माइल बाटै जहाज फर्काएको नेपालगन्ज विमानस्थल प्रमुख सुरेश खनालले बताए । जहाज अवतरण भइसकेपछि हामीले पनि धुवाँ निस्किएको देख्यौं खनालले भने “इन्जिन बन्द गरेपछि धुवाँ पनि रोकियो ।”

विमानका सबै यात्रुलाई विमानस्थलमा राखिएको छ । श्रीले अर्को विमान पठाउने वा नपठाउनेबारे नेपालगन्ज विमानस्थललाई कुनै जानकारी गराइनसकेको खनालले बताए ।

  • १९ श्रावण २०७९, बिहीबार प्रकाशित

  • Nabintech