मंसिर ४ गते चुनाव गर्ने सरकारको निर्णय

असल शासन प्रतिनिधि

मंसिर ४ गते चुनाव गर्ने सरकारको निर्णय

नेपालगन्ज/ प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव मंसिर ४ गते एकै चरणमा गर्ने सरकारले निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

बुधबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो। निर्वाचन आयोगले पनि यसअघि मंसिर पहिलो साता चुनाव गर्न सकिने सुझाव दिएको थियो। यसअघि २०७४ सालमा संघीय र प्रदेश सभाको चुनाव दुई चरणमा भएको थियो।

  • १९ श्रावण २०७९, बिहीबार प्रकाशित

  • Nabintech