नेपालगन्जमा जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिबृद्धी

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपालगन्ज उपमहानगरपालिकाका नव निर्वाचित जनप्रतिनिधि र कर्मचारीहरुका लागि एक दिने संघियता कार्यान्वयन सम्बन्धी अभिमुखिकरण तालिम गरिएको छ ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिब एबम् प्रबक्ता बसन्त अधिकारी र उपसचिब तुल्सीराम अर्यालले संघिय कानुन र कार्यान्वयनको अवस्था, जनप्रतिनिधि र कर्मचारीको काम कर्तब्य र अधिकार, नेपालमा संघियताको अभ्यास पछि भएका उत्कृष्ट कामहरु, स्थानीय सरकारका राम्रा कामहरु, अब्बल स्थानीय तहका लागि के गर्न सकिन्छ लगायतका बिषयमा सहजिकरण गरेका थिए ।
झण्डै २५ बर्ष निजामति सेवामा विताएका बसन्त अधिकारीले सो क्रममा काम गर्दाका अनुभवहरु सुनाएका थिए । नेपालगन्ज उपमहानगरपालिकालाई नमुना उप महानगरपालिका बनाउने जिम्मेवारी कार्यपालिका र कर्मचारीहरु कै भएको भन्दै नेपाल कै उत्कृष्ट पालिका बनाउने योजना सहित अगाडी बढ्न सहजकर्ताहरुको जोड थियो ।


कार्यक्रमको समापन सत्रमा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले उपयुक्त समयमा जनप्रतिनिधि र कर्मचारीहरुलाई गरिएको अभिमुखिकरणले नगरको विकासका प्रत्यक्ष फाईदा पुग्ने विश्वास ब्यक्त गरे । उनले तालिमबाट धेरै नयाँ कुराको अद्यावधिक भएकोे भन्दै देशमा उत्कृष्ट कार्यगर्ने पालिकाहरुका राम्रा अभ्यासहरुलाई अवलम्बन गरी उपमहानगरपालिकालाई उत्कृष्ट बनाउने प्रतिबद्धता गरे । नेपालगन्ज उपमहानगरपालिकालाई देशभर मा चिनाउन ईमन्दारीता र जिम्मेवारीपूर्ण ढंगले नियमसंगत रुपमा काम गर्न कार्यपालिका सदस्य र कर्मचारीलाई अनुरोध गरेका थिए ।


बासका श्रोत व्यक्ति मन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत तथा नेपालगन्ज उपमहानगरपालिकाको परिचय सहितको प्रस्तुतीकरण नेपालगन्ज उप महानगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत गोर्ख बहादुर थापाले गरेका थिए ।


कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्ट, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिब एबम् प्रबक्ता बसन्त अधिकारी र उपसचिब तुल्सीराम अर्याल, नेपालगन्ज उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत गोर्ख बहादुर थापा, नगर कार्यपालिका सदस्यहरु, महाशाखा/शाखा प्रमुखहरु, वडा सचिबहरु गरी ७५ जनाको सहभागिता रहेको थियो । कार्यक्रम नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा श्रावण २१ गते सम्पन्न भएको हो ।

  • २१ श्रावण २०७९, शनिबार प्रकाशित

  • Nabintech