युवा घरमा भण्डारी

असल शासन प्रतिनिधि

नेपालगन्ज/ युवा घरको पहिलो साधारण सभा सम्पन्न भएको छ । शनिवार नेपालगन्ज स्थित स्वस्थित कटेजमा संस्थाको साधारणसभा सम्पन्न भएको हो । गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय सदस्य तथा बाँके शाखा अध्यक्ष नमस्कार शाहको प्रमुख आतिथ्यता सम्पन्न साधारणसभाको अध्यक्षता युवा घरका अध्यक्ष मन भण्डारीले गरेका थिए ।

युवा घरका सचिव विशाल वर्माले संचालन गरेको कार्यक्रममा कोषाध्यक्ष विवेक पराजुलीले स्वागत गरेका थिए । कार्यक्रममा युवा घरका अध्यक्ष भण्डारीले संस्थाले गरेका प्रमुख कार्यक्रमबारे जानकारी गराएका थिए । कार्यक्रमका प्रमुख अतिथि गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय सदस्य तथा बाँके शाखा अध्यक्ष नमस्कार शाहले समाज रुपान्त्रणमा नागरिक समाजका संस्थाहरुको महत्वपुर्ण भुमिका रहेको बताए । संस्था स्थापना भइ दर्ता हुने संख्या धेरै भएको बताउदै शाहले भने “नियमित रुपमा नविकरण हुने र सक्रिय हुने संस्थाको संख्या कम छ, ।” कार्यक्रममा बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकी, उपाध्यक्ष शिव कुमार वर्मा, अप्टिमिस्ट क्लब अफ नेपालगन्जका उपाध्यक्ष कमल शाही लगायतले शुभकामना दिएका थिए ।

साधारण सभाले मन भण्डारीको अध्यक्ष्यतामा संस्थाको नयाँ कार्यसमितिको चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा वसन्ती रोकाया, सचिवमा विशाल वर्मा, कोषाध्यक्षमा विवेक पराजुली, सहसचिवमा दिपा दर्लामी चयन भएका छन् भने सदस्यमा क्रमश ः शिव कुमार वर्मा, शुद्ध चौधरी, तपेन्द्र मलाती, टेकराज जैसी, यमुना रोकाया, शोभा थापा मगर, श्रुती चौधरी र गिता खत्री चयन भएका छन् ।

  • २१ श्रावण २०७९, शनिबार प्रकाशित

  • Nabintech