तिन जनालाई आर्थिक सहयोग

असल शासन प्रतिनिधि

नेपालगन्ज /कैलालीको घोडाघोडी नगरपालिका १० पहलमानपुरका ३ जनालाई आर्थिक सहयोग गरिएको छ । युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा सञ्चालित बाल संरक्षण कार्यक्रम अन्तर्गत असहाय दुई जना बालबालिका र एक जना ज्येष्ठ नागरिकलाइ उक्त सहयोग गरिएको हो ।
घोडाघोडी नगरपालिका नगर प्रमुख खडक बहादुर रावतले १६ वर्षीय पवन खनाल, १४ वर्षीय पुनम खनाल र ७६ वर्षीय भाटुकी जैसिनीलाई जम्मा १३ हजार नगद हस्तान्तरण गरेका थिए । जग्गा जमिन नभएका र पानी चुहिने खरको छाना भएको झुपडीमा बसोवास गर्ने पवन र पुनवलाइ पढाइमा सहयोग पुग्ने उद्देश्यले सहयोग गरिएको बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले जानकारी दिए ।


सहयोग हस्तान्तरण गर्दै नगरप्रमुख रावतले असहाय ब्यक्तिहरुको खरले छाएको चुहिने छानामा नगरपालिकाले जस्तापाता लगाइदिने प्रतिबद्धा व्यक्त गरेका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा पालिका कोबो रिपोर्टर इन्दु केसी र स्थानीय जनप्रतिनिधिको उपस्तिथि रहेको थियो ।

  • २४ श्रावण २०७९, मंगलवार प्रकाशित

  • Nabintech