बरिष्ठ समाजसेवी सिद्दिकीलाई नाईस अवार्ड

असल शासन प्रतिनिधि

नेपालगन्ज/ वरिष्ठ समाजसेवी प्रबेज अलि सिद्धिकी नाईस अवार्ड २०२२ बाट सम्मानित भएका छन् । नाईस नेपालगन्जको आयोजनामा साउन २३ गते सम्पन्न तेस्रो साधारण सभा, बार्षिकोत्सव तथा प्रथम अधिबेशनमा सिद्धिकीलाई सो अवार्ड प्रदान गरिएको हो ।

बिगत तीन दशक देखि बाँके युनेस्को क्लबका माध्यमबाट अविछिन्न सामाजिक सेवामा समार्पित सिद्धिकीलाई कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति, बाँकेका उपप्रमुख सिता कार्की, संस्थाका अध्यक्ष नमस्कार शाहले संयुक्त रुपमा १० हजार नगद सहित कदर पत्र प्रदान गरेर सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी कार्कीले सामाजिक परिवर्तनका लागि संघ, संस्थाहरुले पुर्याएको योगदानको चर्चा गरिन् । सम्मानित व्यक्तित्व बाँके युनेस्को क्लबका संरक्षक प्रबेज अलि सिद्धिकीले निस्वार्थ भावनाले सामाजिक कार्यमा निरन्तर लागिरहेको बताए ।

कार्यक्रममा डाक्टर प्रकाश नाग, गैसस महासंघ नेपाल बाँकेका कार्य समिति सदस्य अभिराज क्षेत्री, बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकी, उपाध्यक्ष शिव कुमार बर्मा, द आर्ट अफ लिभिङका बरिष्ठ प्रशिक्षक कञ्चन घिमिरे, बाँके युनेस्को क्लबका अध्यक्ष रबि तुलाधर, बिश्व ह्वििल चियर यात्री तेज बहादुर कार्की लगायतले बोलेका थिए । संस्थाका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सञ्चालन सचिव हेमराज भट्टले गरेका थिए, भने स्वागत कार्यक्रम संयोजक शोभा थापा मगरले गरेकी थिईन् ।

  • २५ श्रावण २०७९, बुधबार प्रकाशित

  • Nabintech