सरसफाई अनुगमनमा वडा अध्यक्ष तरुण

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा सरसफाइको अवस्थाको अनुगमन गरिएको छ।
घरघरमा सरसफाई भएमा वडा सफा हुने भन्दै बिहिबार बिहान वडा अध्यक्ष तरुण बज्राचार्यको अगुवाईमा वडा भित्रका ८५ घरमा अनुगमन गरिएको हो । अनुगमनको क्रममा घर भित्रको सरसफाई र शौचालयको सरसफाईको अवलोकन गरी सरसफाई सम्बन्धी आवश्यक सुझाव दिईएको वडा अध्यक्ष बज्राचार्यले असल शासनलाई बताए । उनले अनुगमन गरीएका मध्ये सरसफाईमा उत्कृष्ट पाईएका २ जनालाई साबुन, हारपिक, ब्रस र फिनायल पुरस्कार दिएको बताए । सरसफाईको अवस्था अनुगमन गेरुवाको सहकार्यमा भएको थियो ।

 

  • २६ श्रावण २०७९, बिहीबार प्रकाशित

  • Nabintech