रावलको स्मृतीमा प्रयास फाउण्डेसनलाई सम्मान

असल शासन प्रतिनिधि

नेपालगञ्ज/लागु औषध बिरुद्धका अभियन्ता नयनराज रावलको छैटौं पूण्यतिथीमा एक सामाजिक संस्थालाई पुरस्कृत गरिएको छ ।

दमयन्ती फाउन्डेसन नेपालले रावलको स्मृतीमा स्थापना गरेको नयनराज रावल स्मृती अक्षय कोषबाट उक्त पुरस्कार प्रदान गरिएको हो ।
नेपालगञ्ज वडा नम्वर १२ मा स्थापित प्रयास फाउन्डेसन बाँकेलाई नगद १० हजार सहित सम्मान गरिएको हो ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर के.सी., गैसस महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाह लगायतले संस्थाकी अध्यक्ष सन्ध्या शाहलाई नगद सहित कदर पत्र प्रदान गरि सम्मान गरेका थिए ।

कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर के.सी., गैसस महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाह लगायतले स्वर्गिय रावलको व्यक्तित्वका बारेमा चर्चा गरेका थिए ।

रबिन्द्र सिंह राठौरले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता दमयन्तिी फाउण्डेसनकी अध्यक्ष स्वर्गिय रावलकी धर्म पत्नी ईन्दिरा रावलले गरेकि थिईन् ।

रावलको २०७३ साल साउन २९ गते बिद्युतको करेण्टबाट निधन भएको थियो ।

  • २९ श्रावण २०७९, आईतवार प्रकाशित

  • Nabintech