लेनदेन मुद्धाका फरार प्रतिवादी पक्राउ

असल शासन प्रतिनिधि

नेपालगञ्ज/लेनदेन मुद्धामा फरार एक नागरिक पक्राउ परेका छन् ।

बाँके जानकी गाउँपालिका ३ निवासी ५० बर्षिय राम पल्टन काँदु गुप्ता पक्राउ परेका हुन् ।

सम्मानित बाँके जिल्ला अदालतको मिति २०७९ बैशाख ९ गतेको फैसलाले लेनदेन मुद्धामा ६ महिना कैद तोकिएकोमा निज हाल सम्म फरार रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरी टोलीले साउन ३० गते निजलाई पक्राउ गरि सम्मानित बाँके जिल्ला अदालतमा बुझाईएको प्रहरीले जानकारी दिएको छ ।

 

 

 

  • ३० श्रावण २०७९, सोमबार प्रकाशित

  • Nabintech