फोहोर ब्यबस्थापनका लागि सचेतना अभियान

रचनात्मक कार्यमा एमपि स्कुल प्रथम

असल शासन प्रतिनिधि

नेपालगञ्ज/नेपालगञ्ज शहर भित्र दिनहुँ बढ्दै गईरहेको फोहोर ब्यबस्थापनमा निकै चूनौती बनेपछि आम नागरिकहरुले सचेतना अभियान शुरुवात गरेका छन् ।

श्रावण २९ गते नेपालगञ्जमा उपमहानगरपालिकाले जी.आई.जेड र विश्व चिकित्सक सँस्थासंग समन्वय गरि काम गर्दै आएको भेरी वातावरणीय विशिष्टता समुह (बी ग्रुप) ले अभियान सञ्चालन गरेका हुन् ।

६०० बढी सरोकारवालाहरुको सहभागिता रहेको कार्यक्रममा नेपालगञ्ज सहरलाई सफा नगर बनाउन नागरिकहरुलेनै घर घरमा कुहिने र नकुहिने छुट्याउन र सरसफाईकर्मीहरुको पेशागत स्वास्थ्यमा सचेतना अभिबृदि गर्न आवश्यक ठानि अभियान सञ्चालन गरेको बताईएको छ ।
सचेतना अभियानकै क्रममा धम्बोझी चोकमा सडक नाटक प्रश्तुत गरिएको थियो भने सचेतना र्याली निकालिएको थियो ।

उक्त सचेतना रयालीमा नेपालगञ्ज उपमहानगरपालिका अन्र्तगत निजि तथा सरकारी गरी १० वटा बिद्यालय बाट बिद्यार्थीहरको सहभागीता रहेको थियो भने सहभागी बिद्यार्थीहरुले आ-आफ्नो बिद्यालयको तर्फबाट फोहरलाई कसरी पुनः प्रयोग गर्न सकिन्छ भन्ने बारेमा फरक फरक शैलीमा रचनात्मक सामाग्रीहरु बनाएर प्रस्तुत गरेका थिए भने राम्रो प्रस्तुतीका आधारमा मङ्गल मा.वि. प्रथम, सगरमाथा बोर्डिङ स्कुल दोश्रो र भेरी उच्च मा.बि.ले तेस्र्रो स्थान हासिल गरेका थिए । क्रमश ६ हजार, ५ हजार र ४ हजार का साथै सहभागी अन्य बिद्यालयलाई २/२ हजारका दरले नगद पुरस्कार प्रदान गरिएको बि ग्रुपले जनाएको छ ।

कार्यक्रममा मेयर प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, बांके प्रहरी प्रमुख श्याम कृष्ण अधिकारी, बि ग्रुपका अध्यक्ष टेक बहादुर पुन, जी आई जेड क्षेत्रीय कार्यक्रम सयोजक सुवाष नेपाल, उपमहानगरपालिका वाताबरण शाखा प्रमुख, कवाडी ब्यवसायी, मिडियाकर्मी, शिक्षक लगायत व्यक्तिहरुको सहभागिता रहेको थियो ।

  • ३१ श्रावण २०७९, मंगलवार प्रकाशित

  • Nabintech