कैलालीमा कोभिड खोपको अभाव

तेज बोहरा

धनगढी ३१ साउन/ कैलालीमा कोभिड खोपको अभाब देखिएको छ ।

कोरोना भाईरसको संक्रमण वृद्धि भए संगै खोप लगाउनेको संख्या बढ्दा खोपको अभाव भएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।

स्वास्थ्य कार्यालय कैलाली तथा सबै पालीकाहरुमा कोरोना भाईरस विरुद्धको खोप शुन्य रहेको स्वास्थ्य कार्यालय कैलालीका खोप सुपर भाईजर निरीक्षक प्रदिप जोशिले बताए।

उनले जिल्लामा कोभिसिल्ड, भेरोसेल, एस्ट्राजेनेका, मोर्डना, फाईजर र जोनसन खोप स्टक शुन्य रहेको जानकारी दिए ।

स्वास्थ्य कार्यालय कैलालीले पाँच वर्ष माथिका ९ लाख १३ हजार २३ जनालाई कोरोना विरुद्धको खाप लगाउने लक्ष्य राखेको खोप निरीक्षक जोशिले बताए । जसमा पहिलो मात्रा कोभिसिल्ड, भेरोसेल, एस्ट्राजेनेका, मोर्डना, फाईजर र जोनसन खोप ७ लाख ७८ हजार ६ जनाले लगाएका छन् भने पहिलो र दास्रो खोप ५ लाख ८५ हजार ६ सय ७७ जनाले लगाएका कैलालीमा छन् ।

त्यस्तै बुस्टर खोप पहिलो र दास्रो डोज लगाएका २ लाख ६७ हजार ९ सय ३७ जनाले लगाएका उनले बताए । कोरोना संक्रमण बढ्दै गएकोले खोप लगाउनेको संख्या बढीरहेको छ, तर जिल्लामा खोपको मौज्दात शुन्य रहेकाले लगाउन लगाउन नसकेको निरीक्षक जोशिले बताए ।

उनले भने “ हामिले प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा सुचना गरी सकेका छौ, खोप चाडै उपलब्ध गराउने मौखिक सुचना आएको छ” । खोप पुगेपछि फेरी खोप अभियान सुरु गर्ने उहाको भनाइ छ । जिल्लामा ४ लाख खोप लगाउने लक्ष्य भएपनि तत्कालाइ २ लाख आवस्यक रहेको निरीक्षक जोशिले बताए ।

  • ३१ श्रावण २०७९, मंगलवार प्रकाशित

  • Nabintech