बार्षिकोत्सबमा बृहत रक्तदान

असल शासन प्रतिनिधि

नेपालगञ्ज/नेपाल बिधुत प्राधिकरण कर्मचारी संघ कोहलपुर ईकाइ समितिले रक्तदान कार्यक्रम गरेको छ ।

संघले नेपाल बिद्युत प्राधिकरण कोहलपुर बितरण केन्द्रको प्रांगणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल विद्युत प्राधिकरणको ३७ औँ वार्षिकोत्सवको उपलक्ष्यमा बुधबार आयोजित उक्त वृहत्त रक्तदान कार्यक्रममा १ सय ५१ जनाले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा कर्मचारी, उपभोक्ता, बिद्यार्थी, शिक्षक, प्रहरी  लगायतले रक्तदान गरेको नेबिप्रा  कर्मचारी संघ लुम्बिनी प्रदेशका सह-सचिव तथा प्रवक्ता भाईराजा श्रीवास्तवले बताए ।


कार्यक्रममा बोल्दै कार्यक्रमका विशेष अतिथि तथा लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगञ्जका प्रशासकिय अधिकृत गोपाल प्रशाद ओझाले रक्तदान जस्तो मानविय कार्य गरेको जनाउदै संघले गरेको कामको प्रंशसा गरे ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख सुरज गौतमले ३७औं बाषिकोत्सवको शुभकामनाका व्यक्त गरे । उनले बिद्युत प्राधिकरणले आफ्नो सेवा सुधार गर्नुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा बोल्दै नेपाल बिद्युत प्राधिकरण नेपालगञ्ज बितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेल, कोहलपुर बितरण केन्द्रका प्रमुख सुरज रेग्मीले वार्षिकोत्सवको शुभकामनाका राखेका थिए ।

कार्यक्रममा स्वागत नेपाल बिद्युत प्राधिकरण कर्मचारी संघ कर्मचारी ईकाइ समितिका उपाध्यक्ष जय प्रकाश भण्डारीले गरेका थिए भने कार्यक्रमको समापन कर्मचारी संघ कोहलपुर ईकाइ समितिका अध्यक्ष सुरजलाल चौधरीले गरेक थिए । कार्यक्रमको सञ्चालन नेपाल बिद्युत कर्मचारी संघ कोहलपुर ईकाइका सचिव लक्ष्मण के सी ले गरेका थिए ।

  • १ भाद्र २०७९, बुधबार प्रकाशित

  • Nabintech