मध्यरातमा प्रहरी अप्रेशन : वनमा पुगेका सिकारीको भागाभाग

असल शासन प्रतिनिधि

मध्यरातमा प्रहरी अप्रेशन : वनमा पुगेका सिकारीको भागाभाग

नेपालगन्ज / राप्ती सोनारीको एक सामुदायिक बनमा हतियार सहित सिकार खेल्न गएका सिकारीहरुको सामुुहिक योजना विफल भएको छ ।
राप्ती सोनारी गाँउपालिका वडा नम्बर ४ मा रहेको सिक सामुदायिक बन क्षेत्रमा बुधबार राति करीब ३ बजे तिर ठुलो सख्यामा पुगेका सिकारीहरुले सिकार गर्नु पूर्बले प्रहरीलाई जानकारी भएपछि सिकारीहरुको भागाभाग भएको थियो ।
हतियार सहित सिकार खेल्न गएका मध्येका १ जनालाई १ थान हतियार सहित ईलाका प्रहरी कार्यालय धामपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ भने करिब ७ ओटा मोटर साईकल नियन्त्रणमा लिएको जनाएको छ । इलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज प्रहरी नायव निरिक्षक प्रविण डाँगीले दिएको जानकारी अनुसार सिकारको उद्धेश्यले् करिब २० जनाको समुह बनमा पुगेको थियो । सिकारीहरुको टोली पुगेको गोप्य सुचनाको आधारमा प्रहरीले गरेको अपरेसनको क्रममा राप्ती सोनारी गाँउपालिका वडा नम्बर ५ का गया प्रसाद थारुलाई पक्राउ गरेको जनाए । सो क्रममा भे ६ प ७५०३, भे १० प ९८९३, भे ४ प २२७२, भे ७ प ६०४५, भे ७ प ११०८ र बा २६ प ९०१६ नम्बरको मोटरसाईकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरी नायव निरिक्षक प्रविण डाँगीले पक्राउ परेका थारुलाई इलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाईसकिएको बताए । सिकारीहरु गाँउकै रहेको भन्ने जानकारीमा आएको र भागेकाहरुको खोजी कार्य भईरहेको उनले जनाएका छन् ।

  • २ भाद्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech