छायाँनाथ रारा नगरपालिकामा क्षमता अभिबृद्धी तालिम

असल शासन प्रतिनिधि

मुगु । छायाँनाथ रारा नगरपालिका मुगुमा बालबालिका र युवाहरुको लागि ३ दिने क्षमता अभिवृद्धि तालिम सञ्चालन भएको छ ।
युनिसेफ नेपालको सहयोग, छायाँनाथरारा नगरपालिकाको सहकार्य तथा बास नेपालको आयोजनामा भाद्र १ गते उक्त तालिम शुरु भएको हो ।
तालिमको उद्घाटन सत्रमा बोल्दै छायाँनाथरारा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितजंग मल्लले तालिमले बालबालिकाको क्षमता अभिवृद्धि गर्ने र कार्य क्षेत्रमा काम गर्न सहयोग हुने विश्वास व्यक्त गरे। त्यस्तै वडा नम्बर ५ का वडा अध्यक्ष राजु सुनारले वडा मार्फत बजेट बिनियोजन गरि बाल क्लबको संस्थागत विकास गर्ने बताए । शुभकामना मन्तव्य राख्दै वडा न १ का अध्यक्ष पदमराज मल्लले बालबालिकाको क्षेत्रमा वडाले यो आर्थिक वर्षमा रु। तीन लाख बजेट विनियोजन गरेको बताउँदै बालबालिकाको समग्र विकासको लागि योजना तर्जुमा प्रक्रिया देखि नै वालवालिकाको सवालमा पहिलो प्राथमिकता दिने बताए ।
बास मुगु शाखा अध्यक्ष गोपाल शाही र बालबालिका तथा महिला विकास शाखाका प्रमुख वसन्ता खनाले तालिममा शुभकामना मन्तव्य राखेका थिए । ३५ जना सहभागी रहेको तालिम भाद्र ३ गते सम्म संचालन हुने छ ।
तालिममा बाल अधिकार, बाल संरक्षण , लैगिङक हिँसा न्युनिकरण र स्थानिय योजना तर्जुमा प्रर्कियाका विषयमा सहजकर्ता मन भण्डारीले सहजिकरण गर्ने बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले बताए ।

  • २ भाद्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech