जनप्रतिनिधिलाई नेतृत्व बिकास तालिम

असल शासन प्रतिनिधि

नेपालगन्ज/नेपालगन्ज बाँकेका दलित महिला जनप्रतिनिधिहरुलाई दुई दिने नेतृत्व बिकास तालिम प्रदान गरिएको छ ।

दलित महिला संघ (फेडो) को आयोजना तथा डि.सि.ए. को सहयोगमा सो तालिम प्रदान गरिएको हो ।

नेपालगन्जको स्वस्तिक कटेजमा सञ्चालित तालिम बिहिवार सम्पन्न भएको हो । भाद्र १ गते बुधबारबाट शुरु भएको तालिममा डुडुवा, बैजनाथ, खजुरा गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकाका ३० जना दलित महिला जनप्रतिनिधिहरु सहभागि थिए ।

दुई दिने तालिमको समापन कार्यक्रमको अध्यक्षता दलित महिला सघ (फेडो) का अध्यक्ष निर्मला सुनार ले गरेकि थिईन् भने तालिमकमा प्रशिक्षण भीम बहादुर नेपालीले दिएका थिए ।

  • २ भाद्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech