एमबिएिस पढ्ने बिद्यार्थीद्वारा आत्महत्या

असल शासन प्रतिनिधि

कोहलपुर/ नेपालगन्ज मेडिकल कलेज चिसापानीमा अध्ययनरत एक बिद्यार्थीले आत्महत्या गरेका छन् ।

नेपालगन्ज मेडिकल कलेजको चिसापानीमा उनले आत्महत्या गरेका हुन् ।

एमबिबिएस दोस्रो वर्ष अध्ययनरत सिद्धार्थ बैश्य बिहिवार बिहान छात्राबासमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

जानकारी अनुसार, छात्राबासको कोठामा दुई जना बिद्यार्थी बस्दै आएकोमा सिद्धार्थ एक्लै बस्दै आएका थिए । बिहिवार बिहान साढे ८ बजे सम्म कोठाबाट सिद्धार्थ बाहिर ननिस्केपछि केही घटना भएको हुन सक्ने आशंकामा ढोका खोलिएको थियो ।

ढोका खोल्दा डोरीमा झुण्डिएका सिद्धार्थ मृत अवस्थामा भेटिएका थिए ।

नेपालगञ्ज निवासी भन्सार एजेन्ट दिनेश बानियाँका २१ बर्षिय छोरा सिद्धार्थले आत्महत्या गर्नु पूर्ब लेखेको सुसाईड नोट समेत भेटिएको छ । उक्त नोट प्रहरीले बरामद गर्नुका साथै गोप्य राखेको छ ।

उनको भेरी अस्पतालमा पोस्टमार्टम पछि भोलि अन्तिम संस्कार गरिने उनका आफन्त नन्दलाल बैश्यले जनाएका छन् ।

प्रारम्भिक सूचना अनुसार, उनको रुचिको बिषय एमबिबिएस नभएपनि एमबिबिएस पढ्नु पर्दा उनी तनाबमा थिए । पारिवारिक तनाबकै कारणले उनले आत्महत्या गरेको हुन सक्ने बताइएको छ ।

 

  • २ भाद्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech