मुगुमा चिन बहादुर

असल शासन प्रतिनिधि

बास नेपाल मुगु शाखाको साधारण सभा तथा अधिबेशन बिहिबार सम्पन्न भएको छ ।
बासका पुर्व केन्द्रीय अध्यक्ष मन भण्डारीको प्रमुख आथित्यतामा गमगढीमा सम्पन्न अधिबेशनबाट चिन बहादुर शाहीको अध्यक्षतामा शाखाको नयाँ कार्य समिति चयन भएको छ । कार्य समितिको उपाध्यक्षमा लक्ष्मी शाही, सचिबमा प्रविना आचार्य, सह–सचिबमा मनदेवी बिश्वकर्मा र कोषाध्यक्षमा जया लक्ष्मी मल्ल चयन भएका छन् भने सदस्यहरुमा क्रमशः विनिता रावल, संजय भाम, मनिका मल्ल, हस्त सिंह नेपाली,सेन्दोल लामा, विजय हितान र शान्ति मल्ल सर्व सम्मत चयन भएका छन् ।


अधिबेशनमा बासका पुर्व केन्द्रीय अध्यक्ष मन भण्डारीले बास नेपालको अभियान, शाखाले गर्न सक्ने कामको वारेमा जानकारी गराएका थिए । अधिबेशनलाई सम्बोधन गर्दै भण्डारीले सुशासनको अभियानमा सशक्त अभियान सञ्चालन गर्न युवाहरुलाइ आवहान गरेका थिए । बास नेपाल मुगु शाखा अध्यक्ष गोपाल शाहीको अध्यक्षतामा भएको अधिबेशनको सञ्चालन बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गरेका थिए ।

 

 

  • २ भाद्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech