१० जना बालबालिकालाई आर्थिक सहयोग

असल शासन प्रतिनिधि

मुगु / मुगु जिल्लाको छायानाथ रारा नगरपालिकाका १० जना पिपन्न बालबालिकालाई आर्थिक सहयोग गरिएको छ । युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा सञ्चालित बाल संरक्षण कार्यक्रम अन्तर्गत सो सहयोग गरिएको हो ।

छायानाथ रारा नगरपालिका वडा नम्बर ५ का शर्मिला कामी, रामप्यारी कार्कि, धनुस परियार, भैपुरा कार्कि, कालि बहादुर कामी, वडा नम्बर १ का नविना शाही, लक्ष्मी मल्ल, वडा नम्बर ४ का दिपराज महतरा र सुमेली बि.क.४ हजार नगद र झोला सहयोग गरिएको बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले बताए । छायानाथ रारा नगरपालिकाका बिभिन्न वडाका वडा अध्यक्षहरु बासका पुर्व केन्द्रीय अध्यक्ष मन भण्डारीले उक्त सहयोग हस्तान्तरण गरेका थिए ।

अभिभावक गुमाएका र आर्थिक अवस्था कम्जोर भएका बालबालिकालाई पढाइमा सहयोग पुग्ने उद्देश्यले सहयोग गरिएको कार्यक्रम अधिकृत बोहराले जानकारी दिए । सहयोग हस्तान्तरण कार्यक्रममा बास मुगु शाखा अध्यक्ष चिन बहादुर शाही, सदस्य सेन्दोल लामा, सामाजिक परिचालक पार्वती मल्ल र स्थानीय जनप्रतिनिधिको उपस्तिथि रहेको थियो ।

  • ३ भाद्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech