छायानाथ रारामा अन्तरक्रिया

असल शासन प्रतिनिधि

मुगु/छायानाथ रारा नगरपालिका मुगुमा पालिका स्तरीय अन्तरक्रिया सम्पन्न भएको छ ।

युनिसेफ नेपालको सहयोगमा बास नेपालले स्थानीय योजना तर्जुमा प्रक्रियामा बालबालिका तथा युवाहरूको सहभागीता विषयक सो अन्तरक्रिया सम्पन्न भएको हो ।

अन्तरक्रियामा सहभागीको तर्फबाट प्रश्न गर्दै सुशील हितानले स्थानीय योजना तर्जमा गर्दा बाल क्लबको सहभागीता नहुने गरेको बताए भने बिनिता रावलले वडा र पालिकाहरुमा युव क्लब गठन प्रक्रिया अगाडि बढाउनु पर्ने बताइन् । त्यस्तै जेष्ठ नागरिक गगन बहादुर मल्लले गमगढीमा सार्वजनिक शौचालयको समस्य रहेको, जेष्ठ नागरिक सेवा केन्द्र तथा आश्रम स्थलको अभाव रहेको बताए । सहभागीको जवाफ दिनु हुँदै वडा न १ का वडा अध्यक्ष पदमराज मल्लले जेष्ठ नागरिकको लागि आश्रम स्थल निर्माण र सार्वजनिक शौचालय निर्माणका लागि तत्काल पहल सुरु गर्ने, बाल क्लब गठन प्रक्रिया अगाडि बढाउने र आउने आर्थिक वर्षबाट योजना तर्जुमा गर्दा बालबालिकाको अनिवार्य सहभागीता गराउने बताए । १२ ओटा वडाका वडा अध्यक्षहरु, निमित्त प्रमुख प्रशासकीय अधिकृत, बालबालिका तथा महिला विकास शाखा प्रमुख, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख, बाल क्लब तथा युवा क्लबका पदाधिकारीहरुको सहभागीता रहेको अन्तरकृयामा स्थानीय योजना तर्जुमा गर्दा बालबालिकाको अनिवार्य सहभागीता गराउने, बालबालिकाको सम्पुर्ण विकासका लागि १ महिना भित्रमा बाल क्लब गठन र पुर्न गठन गर्ने, युवाहरूलाई पालिकाको समृद्धिको रुपमा विकास गर्दै सबै वडामा वडा स्तरीय युवा क्लब र पालिकामा पालिका स्तरीय युवा क्लब गठन गर्ने र जेष्ठ नागरिकको सम्मानको लागि तत्पर रहंदै सार्वजनिक शौचालय र विश्राम स्थल निर्माण गर्ने लगाएतको ४ बुद्धे साझा सार्वजनिक प्रतिबद्धता जाहेर भएका छन् ।

बासका पूर्व अध्यक्ष मन भण्डारीले अन्तरक्रियाको उद्देश्य माथी प्रकाश पारेको कार्यक्रमको सहजीकरण बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गरेका थिए ।

  • ३ भाद्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech