सार्बजनिक सुनुवाइ तथा सामाजिक परीक्षण सहजीकरण तालिम शुरु

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बास नेपालको आयोजनामा आईतबार देखी नेपालगन्जमा सार्बजनिक सुनुवाई तथा सामाजिक परीक्षण सहजीकरण तालिम शुरु भएको छ ।

भ्रष्टाचार बिरुद्घ क्रियाशिल संस्था बास नेपालले शाखा, उपशाखाका पदाधिकारी तथा सदस्यहरुका लागि सो तालिम आयोजना गरिएको हो ।

दुई  दिन सम्म सञ्चालन गरिने तालिममा कैलाली, कञ्चनपुर, डडेल्धुरा, सुर्खेत, प्युठान, गोरखा, झापा, बाँके र बर्दिया  लगायत ९ जिल्लाका ४७ जना सहभागी रहेको उक्त तालिमको बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सहजीकरण गरिरहेका छन् ।

तालिमको उद्घाटन शत्रमा स्वागत मन्तब्य बास नेपालका केन्द्रीय सदस्य तपेन्द्र बहादुर मलातीले गरेका थिए भने कार्यक्रमको अध्यक्षता बासका निवर्तमान अध्यक्ष तथा तालिम बिभाग प्रमुख रमेश सिटौलाले गरेका थिए ।

कार्यक्रममा सुर्खेत शाखाका कोषाध्यक्ष भगवती बि.सी. र झापा शाखाका सचिब विवेक सुन्दासले अपेक्षा मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन बास नेपालकी सचिव दिला शाहले गरेकि थिईन् ।

  • ५ भाद्र २०७९, आईतवार प्रकाशित

  • Nabintech