सार्बजनिक सुनुवाइ सहजिकरण तालिम सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बास नेपालको आयोजनामा सन्चालित दुई दिने सार्बजनिक सुनुवाई तथा सामाजिक परिक्षण सहजिकरण तालिम सम्पन्न भएको छ ।

नेपालगन्जको होटेल इन्द्रेणीमा सन्चालित दुई दिने तालिममा ४७ जना सहभागी रहेको समापन कार्यक्रम बोल्दै कार्यक्रमका प्रमुख अतिथी बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र के.सि. ले धेरै सरोकार निकायले आफ्ना गतिबिधी बाहिर ल्याउन नखोज्ने गरेको अबस्थामा बास नेपालले बेला बेला सार्बजनिक सुनुवाई गरेर त्यस्ता निकायलाई झक्झक्याउने गरेको बताए ।

तालिमबाट बासले दक्ष जनशक्ती उत्पादन गरेको बताउँदै बासले देशै भरी चलाएको अभियानलाई उनले स्वागत गरे ।

तालिमका सहभागीहरुलाई प्रमुख अतिथी सहायक प्रमुख जिल्ला अधिकारी के.सि.ले प्रमाणपत्र बितरण गरेका थिए ।

कार्यक्रममा सहभागीहरुको तर्फबाट सुदुरपश्चिम प्रदेश संयोजक पाण्डव पुजारा र बास नेपालकि सहजकर्ता शुसिला थारुले तालिम बाट आफुहरुले धेरै कुरा सिकेको र अब आ आफ्नो क्षेत्रमा गएर कार्यक्रम सन्चालन गर्नका लागि हिम्मत बढेको बताए ।

बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह र निबर्तमान अध्यक्ष रमेश सिटौलाले प्रशिक्षण दिएका थिए ।

तालिमको समापनमा बास नेपालका निबर्तमान अध्यक्ष तथा तालिम बिभाग प्रमुख रमेश सिटौलाले तालिममा सिकेका कुराहरुलाई सहभागिहरुलाई प्रयोगमा ल्याउन सुझाब दिए ।

बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले स्वागत मन्तब्य राखेको कार्यक्रममा सभापती बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकी गरेकी थिइने् भने कार्यक्रम सन्चालन केन्द्रीय सचिब दिला शाहले गरेकी थिइन् ।

  • ६ भाद्र २०७९, सोमबार प्रकाशित

  • Nabintech