खत्याडमा क्षमता बिकास तालिम शुरु

असल शासन प्रतिनिधि

खत्याड, मुगु / खत्याड गाउँपालिका मुगुमा बालबालिका र युवाहरूको लागि ३ दिने क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।

युनिसेफ नेपालको सहयोगमा बास नेपालले आयोजना गरेको तालिमको उद्घाटन सत्रमा बोल्दै वडा न १ का अध्यक्ष सिंह बहादुर बुढाले बालबालिकाको चौतर्फी विकासको लागि संघसंस्थाले पुर्‍याएको योगदानको प्रसंशा गर्दै बास नेपालले आयोजना गरेको क्षमता अभिवृद्धि तालिमले समेत बालबालिकाको कार्य क्षेत्रमा काम गर्न सहज गर्ने बताए ।

३० जना बालबालिका तथा युवाहरुको सहभागीता रहेको तालिमको उद्घाटन सत्रमा बासका पूर्व अध्यक्ष मन भण्डारीले उद्देश्य माथी प्रकाश परेका थिए भने उद्घाटन सत्रको सहजीकरण बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गरेका थिए ।

तालिमको पहिलो दिनमा बासका पुर्व अध्यक्ष मन भण्डारीले बाल अधिकार र बाल संरक्षणको विषयमा प्रशिक्षण प्रदान गरे भने कार्यक्रम अधिकृत रबिन्द्र बोहराले लैंगिक हिंसा न्यूनीकरणको विषयमा प्रशिक्षण प्रदान गरेका थिए । तालिम भाद्र ८ गते सम्म संचालन हुनेछ ।

  • ७ भाद्र २०७९, मंगलवार प्रकाशित

  • Nabintech